समाचार

नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा ध्यान दिएनन् : कृषिमन्त्री

काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताउनुभएको छ । कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले आज खुमलटारमा आयोजना गरेको ‘नेपाली तरकारीको सामाजिक–आर्थिक पक्ष र त्यसबाट प्राप्त हुने पौष्टिक आहार’ विषयको दुईदिने छलफलको उद्घाटन गर्दै उहाँले नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा खासै ध्यान […]

भूमि सम्वन्धी एकीकृत ऐन आउँदै

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एकिकृत भूमि ऐनको अवधारणा अघि बढाएको छ। सबै भूमि कानूनलाई समेट्ने गरी ऐन निर्माण गर्न लागिएको हो। ऐन निर्माण गर्न मन्त्रालयले प्रकृया अघि बढाएको हो। मन्त्रालयका अनुसार मन्त्रिपरिषद र कानून मन्त्रालयबाट स्वीकृति लिने प्रक्रिया अघि बढेको हो। ऐनले मालपोत, नापी, जग्गा सम्बन्धि सबै खाले कानूनलाई समेट्ने मन्त्रालयका […]

खेति गर्ने किषानलाई ५० प्रतिशत अनुदान, व्यवसायिक बाख्रापालकलाई बोका वितरण

तनहुँ। कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुँले कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेटबाट एकाइले ५० प्रतिशत अनुदानमा २५ कृषकलाई हाते ट्याक्टर वितरण गरेको हो। कूल १७ लाख ५० हजार पर्ने ट्र्याक्टर ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको एकाइ […]

कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधार गण्डकी प्रदेशको प्राथमिकता

पोखरा। गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा बढी रकम भौतिक पूर्वाधार निर्माण शीर्षकमा विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि रु ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रकम विनियोजन गरेकामा प्रदेश सरकारले सडक पूर्वाधार निर्माणका लागि कुल […]

यार्सागुम्बाको उत्पादन घट्दो

ललितपुर। बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा संकलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा संक्रमित भएर उम्रने […]

प्रदेश ५ को बजेट, कृषिमा ४ अरव ७ करोड

बुटवल। प्रदेश नम्बर ५ सरकारले बजेट सार्वजनिक गरकेो छ । कुल बजेटको ४ अरव ७ करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजना गरिएको छ । कुल ४ अरब ७ करोड बजेटमा सरकारले किसानहरुलाई कृषि ऋणको व्याजमा अनुदान प्रदान गर्ने गरी नयाँ योजना ल्याएको छ । कृषि ब्याजमा अनुदान प्रदान गर्नको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको […]

धान धितो राख्नुहोस बैंकबाट ऋण लानुहोस

ललितपुर। सरकारले कृषि उत्पादन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई प्रोत्साहन गर्न बाली धितोमा पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण दिने व्यवस्था मिलाउन सरकार लागिपरेको छ । मन्त्रिपरिषदले हालै स्वीकृत व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजनामा बाली धितोमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइने व्यवस्था मिलाउने भनिएको छ । ‘बाली धितो राखी ऋण […]

कृषिमा आधारित उद्योगबाटै आर्थिक समृद्धि

चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधुनिकीकरण गर्नसकेमात्र देशले विकासको गति लिने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शनिबार चितवनको रामपुरमा आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेलाको उद्घाटनमा उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले कृषि उत्पादन वृद्धि गर्न युवाहरुलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । कृषिलाई आधुनिकीकरण र […]

अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण

मेलम्ची। सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए । “पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरीहरु देखिए”, अध्यक्ष नेपालले भने, “त्यसैले अनुदान दिने व्यवस्था बन्द गरी सहुलियत ब्याजदरमा ऋण लगानी […]

मन्त्री खनालमाथि निगरानी

ललितपुर। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई सचेत गराएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्री खनाललाई बोलाएर कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न सचेत गराएको हो । यस्तै उक्त बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतिबारे बुझ्न अर्को बैठकमा बोलाउने निर्णय समेत […]