समाचार

चरण क्षेत्रको अभाबमा, धरासायी बन्दै भेडा ब्यबसाय

दार्चुला, भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् । “भेडाबाख्रा चराउन वन जङ्गल छैन । गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,” महाकाली नगरपालिका–६ का भेडा […]

कृषि फार्मलाई एक करोड अनुदान

बाग्लुङ। कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पर्वतका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो । कृषिजन्य तथा पशुजन्य उत्पादनमा […]

ब्राखापालनले फिल्मको कथामा जस्तै फेर्यो श्रीषको जीवन

बेनी। सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्कनुभएका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्दै आउनुभएको छ । झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै हिन्दी चलचित्रको कल्पना […]

फस्टाउँदै सामूहिक कृषि व्यवसाय

बेझाड। प्रदेश नं. ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ । अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु छ÷छ लाख अनुदान सहयोग प्राप्त गरेका छन् । उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित […]

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी। चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताए । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन […]

द्वन्द्वमा बन्द ठूला चामल उद्योग खण्डहरमा परिणत

लम्की। दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन् । टीकापुर र नारायणपुरका चामल उद्योगबाट उत्पादित चामल भारतको तिकुनियाँमा भण्डारण गरिन्थ्यो । तिकुनियाँबाट भैरहवा […]

अव घरमै बसी च्याउ खेती

च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ। खेती गर्नलाई धेरै ठुलो ठाँउ पनि नचाहिने तथा बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो। के यसलाई घरमै बसेर खेती गर्न सकिएला ? च्याउको बीउ कसरी छान्ने : घरमा खेती गर्नको लागि सबैभन्दा सजिलो च्याउ भनेको कन्ये च्याउ नै हो। नेपालमा विशेष गरी दुई जातका कन्ये […]

बजेट लगे, बिरुवा हुर्काएनन्

चितवन। डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा […]

कृषकसँग सोझो सम्बन्ध राख्न पाउनुपर्ने नार्कको प्रस्ताव

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषकहरुसँग सोझो सम्बन्ध राख्न पाउनुपर्ने प्रस्ताव गरेको छ । २०७४ मंसिरमा संशोधन भएको कृषि अनुसन्धान परिषद् ऐनलाई फेरि संशोधनको मस्यौैदामा नार्कले सो प्रस्ताव गरेको हो । कृषि क्षेत्रको अनुसन्धानबारे जनतासँग सोझो सम्बन्ध कायम गर्न नपाउँदा कृषि अनुसान्धान परिषद्को प्रभावकारिता बढ्न नसकेको निष्कर्षसहित यस्तो प्रस्ताव गरिएको नार्कका प्रवक्ता तथा प्रमुख […]

कृषिको दिगो विकासका लागि किसानलाई वर्गीकरण गरिने

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । काठमाडौंमा संचालित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको वर्गीकरण गर्ने योजना सरकारको छ, यसपछि मात्र […]