
यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।
नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन्। अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।
गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ। जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।
फूल फुलेको चार(पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ ।
प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।
नोट : यस सम्बन्धी जानकारी र विरुवा चाहिएमा कमेन्ट गर्नुहोस ।।
खेती सम्बन्धी भिडियो ।।