सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाइने
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित तीन सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउन लागिएको छ । डिभिजन वन कार्यालय तनहुँले मल्याङ, कवादी र सालडाँडा सामुदायिक वन क्षेत्रलाई समेटदै तेजपातको पकेट क्षेत्र बनाउन लागेको हो । बिना लगानी, थोरै मेहनत र छोटो अवधिमा राम्रो आम्दानी हुने भएकोले सामुदायिक वनलाई सवल र आत्मनिर्भर बनाउने उद्देश्यले यस क्षेत्रमा खाली […]





