चिन्ता नलिनुहोस ! विपद् आए आफै साइरन बज्छ
बाँके। विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र वैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर)को आर्थिक सहयोगमा कोहलपुर र वैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । […]





