समाचार

रासायनिक मल आउने क्रम जारी

वीरगञ्ज। विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र […]

किसानबाट धान खरिद गर्ने सहकारीलाई सरकारले क्विन्टलको ११२ रुपैयाँ अनुदान दिने

ललितपुर। सरकारले तोकेको समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीहरुले सरकारबाट प्रतिक्विन्टल ११२ रुपैयाँ अनुदान पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले किसानको धान किन्ने सहकारीहरुलाई अनुदान दिने निर्णय गरेको हो । कृषिमन्त्री घनश्याम भुसालको प्रस्तावमा मन्त्रिपरिषद बैठकले ‘न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका -२०७७’ पारित गरेको छ । निर्देशिकाअनुसार सहकारीहरुले […]

पोखरा ल्याइँदै सैपालको च्याङ्ग्रा

महेन्द्रनगर । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेँडारच्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिए । व्यावसायिक रुपले भेडारच्याङ्ग्रा पालन गर्दै आएका साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दसैँमा लागि बिक्री गर्न ११२ वटा भेडारच्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् । बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका […]

रासायनिक मलको चर्को अभाव

कैलाली। हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ । हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् । बर्खे धानबालीमा रासायनिक मल […]

बीउबिजन बैंक स्थापनाको तयारी

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बीउबिजन बैंक सञ्चालन गर्नका लागि तयारी थालेको छ । किसानले चाहेको समयमा अन्न, तरकारी तथा फलफूलको बीउबिजन उपलब्ध गराउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि सहकारी संस्थामार्फत बीउबिजन बैंक सञ्चालन गर्ने भएको हो । किसानलाई आवश्यक पर्ने बीउ खरिदका लागि तराई वा अन्यत्र जिल्ला पुग्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै बीउबिजन बैंक सञ्चालन गर्ने तयारी […]

मौरी पालेरै मालामाल

दैलेख। जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ । उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला […]

प्राङ्गारिक मल उत्पादन कारखाना खोल्ने हो ? १ करोड सम्म अनुदान पाईन्छ

गण्डकी। कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले सूचना प्रकाशित गरी गण्डकी प्रदेश अन्र्तगत  रहेका कृषक समुह, कृषि सहकारी संस्था, नीजि उद्यमी, कृषि फार्म तथा कम्पनीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा सम्पूर्ण कागजात […]

राजनीतिसँगै बाख्रापालन

चितवन। केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ । पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ । विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सकेको गुनासो गर्ने गरेका छन् । यस्तै माडीमा गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोग्नुभएका नीलकण्ठ काफ्ले यतिबेला राजनीतिसँगै बाख्रापालनमा लागेका छन् […]

दुग्ध विकास संस्थानको बिक्री केन्द्र सञ्चालन

लमही। दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । घोराही–१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो । संस्थानका अध्यक्ष वसन्त गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको केन्द्रका रुपमा निर्माण […]

स्याङ्जाका युवा जैविक संरक्षण र अर्गानिक कृषिमा

स्याङ्जा। स्याङ्जाका युवाहरु जैविक संरक्षण र अर्गानिक कृषिमा आकर्षित भएका छन् । आफूले प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आफ्नै ठाउँमा प्रयोग गर्दै आएका कविराज शिवहरि अधिकारी र गणेश अधिकारी तरकारी बिरुवा तथा नर्सरी, जडिबुटी र महजन्य वस्तुहरुको उत्पादनमा लागेका हुन् । गल्याङ ८, करादीका कविराज अधिकारीले वातावरण संरक्षण र मानव स्वास्थ्यका हिसावले वनस्पतिजन्य वस्तुको […]