समाचार

ओइले रोगले गोलभेँडाको बोटै सुकायो

गलकोट। २० वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आएका बागलुङका अगुवा किसान गङ्गा थापा अहिले निराश भएकी छिन् । यो मौसममा फल्ने अवस्थाका गोलभेँडाका बिरुवा धमाधम मर्न थालेपछि उनी निराशा देखिन थालेका हुन् । फलामको स्थायी चार टनेलमा लगाइएको गोलभेँडा खेती सुकेपछि यो मौसममा लगानी खेर गएको छ । गोलभेँडामा ओइले रोगको प्रकोप रहेको जनाइएको छ […]

पशु बीमामा कृषकको बढ्दो आकर्षण

तनहुँ। तनहुँ जिल्लामा पशुपक्षीको बीमा गराउने कृषकको सङ्ख्या बढेको छ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै बीमा गराउने कृषकको सङ्ख्या पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७५ /७६ मा जिल्लामा १० हजार ७९५ पशुको बीमा गरिएकामा आव २०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले जनाएको छ […]

माछापालक कृषकलाई गाउँपालिकाको अनुदान

बनेपा। रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब ८ लाखमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् । बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । […]

गुर्जो वितरण अभियान तीव्र

ललितपुर। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको राससलाई जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन […]

खेती प्रणालीमा दलहन बालीको भूमिका

देशको कुल जनसङख्या मध्ये ६५% भन्दा माथि मानिसको संलग्नता भएको र कुल राष्ट्रिय उत्पादनको लगभग एक तिहाई कृषि क्षेत्रले ओगटेको कृषिप्रधान देश नेपाल अझपनि कृषिमा आत्मनिर्भर बन्न सकेको छैन । खाद्यान्न बाली, दलहन, तेलहन, तरकारी, फलफूल आदि विभिन्न प्रकारका बाली खेती गरिने हाम्रो देशमा धान, गहँु, मकैलाई मुख्य बालीका रुपमा लिइन्छ भने दलहनलाई दोस्रो मुख्य […]

दुर्गन्धित ठाउँलाई सुगन्धित बनायो नर्सरीले

गण्डकी। करिब एक दश अघिसम्म डम्पिङ साइटका कारण नाक थुनेर हिँड्नुपर्ने पोखरा पृथ्वीचोकस्थित चाइनापुलको किनारा अहिले भने नर्सरीका कारण सुगन्धित बनेको छ । विभिन्न जातका फूल र फलफूललगायतका बिरुवा उत्पादन गर्दै आएको श्री भद्रकाली नर्सरीका कारण चाइनापुल किनाराको पहिचान नै बदलिएको छ । स्याङ्जाको साविक राङभाङ गाउँ विकास समिति वडा नं ५ अर्चुङवास जन्मस्थान भएका […]

व्यावसायिक बेसार खेतीमा कृषकको आकर्षण

बर्दघाट–सुस्ता पश्चिम। का कृषक बसार खेतीतर्फ आकर्र्षित भएका छन् । पछिल्लो समय बेसारको माग बढ्दै जानाका साथै राम्रो आम्दानी हुने भएकाले यहाँका कृषकले व्यावसायिक रुपमा बेसार खेती गर्न थालेका हुन् । जिल्लामा व्यक्तिगत तथा सहकारीमार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारीमार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल […]

कुखुरापालनमा बढ्दो आर्कषण

डोटी। पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन् । यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सुरज विकले बजारमा स्थानीय कुखुराको माग देखेरै कुखुरापालनमा लागेको बताउनुभयो । उहाँले रु पाँच लाख लगानी गरी २०० चल्ला राखेर […]

रासायनिक मल नहुँदा पनि धान बाली राम्रो

हेटौंडा। सरकारले नेपाललाई कृषि प्रधान देशको नाम दिएको छ । तर, समयमा मल नपाउने, बीऊ विजन नपाउने तथा कृषि औजार तथा उपकरण समेत नपाउने अवस्था किसानले विगत वर्षदेखि झेल्दै आइरहेका छन् । खेतीपातीको समयमा मल नपाएर किसान हैरान भएको समस्या त आम जस्तै भइसकेको छ । किसानलाई उचित रुपमा उपज उत्पादनका लागि समयमै रासायनिक मलको […]

कृषि र श्रम सम्झौता भएसँगै इजरायली श्रम बजार नेपालीका लागि खुला

ललितपुर। नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ । सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका छन् । इजरायली अन्तरराष्ट्रिय […]