समाचार

सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छः मुख्यमन्त्री पौडेल

वाग्मती। वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले कारखानाकोे आज शिलान्यास गर्दै उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध […]

अब सुन्तलाको जुस

जाजरकोट। सुन्तलाको व्यावसायिक खेतीसँगै यहाँका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकीमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्याउन थालेका छन् । सबै ग्राहकका आँखा लाग्ने सुन्तला बिक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) […]

गुड उद्योग धराशायी हुने चिन्ता

महेन्द्रनगर। कुनै समय स्थानीय ठाउँमा साना गुड उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका उखु किसान पछिल्लो समय उद्योग नै धराशयी हुने चिन्तामा छन् । कञ्चनपुरमा नगदे बालीका रुपमा उखु खेती गर्दै त्यहाँका बस्तीमा गुड उद्योग सञ्चालन गरिरहेका किसान स्थानीय उत्पादनले बजार नपाउँदा उद्योग नै विस्थापित हुँदै गएको दुःखेसो पोखेका छन् । त्यहाँको घरेलु तथा […]

झापामा व्यावसायिक प्याज खेती सुरु

झापा। पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती सुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसाईँ मिलेर प्याज खेती सुरु गरेका हुन् । ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती सुरु गरेका छन् । […]

गुणस्तर मापन अभियानकै रुपमा अगाडी बढाऔं : मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरिक्षण गरेकी छन । आज (बुधबार) विहान विभागमा पुगेका मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा मन्त्री अर्याल नियुक्त भएपछी मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन शुरु गरेकी हुन । त्यस […]

डढेलोका कारण दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्‍कटमा

फुङलिङ। ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्‍गलमा लागेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्‍कटमा परेको छ। ६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए। डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, […]

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै विराटनगरवासी

मोरङ। विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । बोइलर कुखुराको माग अझै बढी छ । तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु […]

उखुको बक्यौता लिन संघर्ष गर्दागर्दै किसानले गुमाए ज्यान

ललितपुर। चिनी उद्योगीबाट ऊखुको भुक्तानी नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।  गएको मंसिर २८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय नारायण राय यादव (भगत)को हृदयघातका कारण निधन भएको जनाइएको छ । उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको […]

वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी

कावासोती। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल […]

३२६ पावरटिलर वितरण गर्दै सिँचाइ आयोजना

कैलाली। किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक […]