प्रथम चौँरी महोत्सव बुधवारदेखि शुरु
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधवारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रवर्द्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ । चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना […]





