समाचार

हिमपात र वर्षा नहुँदा स्याउ किसान चिन्तित

कर्णाली। यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुबै हुनसकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुबै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा वर्षेनी पुस र माघ महिनामा […]

पश्चिमी वायु फेरि सक्रिय हुँदै, बुधबारदेखि वर्षा र हिमपातको सम्भावना

ललितपुर। यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए। नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपराह्न हल्का वर्षा पनि भएको थियो। आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम […]

नार्कमा निशुल्क तालिम लिने अवशर

रामपुर। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरले फाल्गुन महिनामा २० जना उद्यमी कृषक युवाहरुको लागि हाईब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रबिधि तालिम प्रदान गर्ने भएको छ । यसका लागि राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सूचना प्रकाशित गरी ७ दिने आवासीय तालिममा सहभागी हुन ईच्छुक उद्यमी कृषकलाइृ सम्बन्धीत स्थानीय निकायको प्रमुख वा […]

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर […]

बाँझो जमिनमा फलफूल बगैँचा निर्माण गर्दै खोटेहाङ गाउँपालिका

खोटाङ। खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनुका साथै बसाइँसराइका कारण बाँझिएको खेतीयोग्य जमिन पुनः उपयोगमा ल्याएर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गाउँपालिकाले व्यावसायिक फलफूल बगैँचाका लागि अनुदान दिने भएको हो । बाँझिदै गएको जग्गालाई पुनः प्रयोगमा ल्याउन आगामी फागुन ३ गतेभित्र मागमा […]

फलफूल खेती गर्ने लाई ५० प्रतिशत अनुदान

बागलुङ। ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनका अनुसार फलफूल […]

उपभोक्ताको रोजाइमा जुम्लाको मार्सी

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा राखेको जुम्लाको मार्सी धानको चामल उपभोक्ताको रोजाइमा पर्न थालेको छ । यही माघ १५ गतेदेखि कम्पनीले काठमाडौँ उपत्यकाका बिक्री काउन्टरबाट बिक्री वितरण शुरु गरेको उक्त चामल शुक्रबारसम्म करीब एक हजार किलो बिक्री भइसकेको छ । परीक्षणका रुपमा चामल बिक्री गरेको कम्पनीले शुरुआती मूल्य प्रतिकिलो रु २२५ मा […]

बयर र केशोर उत्पादक किसान निराश

महोत्तरी। मिथिलामा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ । चन्द्रमासको माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दु परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रुखमा फल्ने फल विशेष) र केशोर (माटोमुनि फल्ने फल विशेष) उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले चिन्तित छन् […]

हिमपात र वर्षा भएपछि किसान खुशी

गलकोट। बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो । हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ । ढोरपाटन उपत्यकामा […]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर बर्षा, पहाडी र हिमाली क्षेत्रमा हिमपात

ललितपुर। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । विभागका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य वदली तथा बागमती प्रदेशमा आशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान : […]