समाचार

पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन् । […]

चैते धानखेतीतर्फ कृषकको आकर्षण

उदयपुर। यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको […]

उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले काम शुरु गरेको बताएकी छन् । मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि काम सुरु भएको जानकारी दिएकी हुन् । […]

५ हजार टन गहुँ किन्दै खाद्य कम्पनी

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो । गहुँ खरिद गर्नको लागि कम्पनीले यो वर्ष १५ करोड ५८ लाख रुपैयाँ बिनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार […]

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको त्रासमा पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । उपत्यकालगायत विभिन्न ठाउँमा गरी हालसम्म छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो । त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको पशु सेवा विभागका […]

बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताए । ‘बेनीका एक हजार घरधुरीलाई रातो र […]

इलाममा चियाको “फस्ट फ्लस” सुरु

इलाम। इलाममा चियाको पहिलो टिपाई “फस्ट फ्लस” शुरु भएको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपाई थालिएको हो । यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मुल्य उच्च हुन्छ । यता, […]

उद्योगी नेताले नै बिक्री गर्छन् अवैध औषधि

ललितपुर। नेपालको एक औषधि उद्योगले दर्ता नै नगरी अवैध रूपमा पशुपन्छीको औषधि उत्पादन र बिक्री-वितरण गरिरहेको खुलासा भएको छ । औषधि उत्पादन र बिक्री-वितरणको अनुमति दिने नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता नै नगरी औषधिको उत्पादन गरी बिक्री-वितरण गरेको पाइएको हो । यो गैरकानुनी काममा चितवनको भरतपुरमा रहेको लाइभकेयर फर्मास्युटिकल्स प्रालि संलग्न रहेको भेटिएको छ […]

गण्डकी प्रदेश सरकारद्वारा आगलागी पीडितलाई राहत वितरण

पर्वत। पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रतिघर रु १० हजारका साथै अस्थायी बासस्थानका लागि पाल, त्रिपालसहितका सामग्री वितरण गरेका हुन् । मन्त्री लम्सालले गर्मी […]

हुम्लाका लागि सात हजार क्विन्टल चामल

काठमाडौं। सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री […]