ललितपुर। लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव नियुक्ती भएका छन् । यस अघि कृषि मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी मन्त्री आरती पौडेललाई प्रदेशको उद्योग, वन तथा वातावारण मन्त्रालयको जिम्मेबारी दिइएको छ । ।
सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल विस्तार तथा जिम्मेबारी हेरफेर गरेसँगै कृषि मन्त्रालयमा विजय बहादुर यादव नियुक्ती भएका हुन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहरण गराएका छन् ।
यस्तै जसपाका सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, कल्पना पाण्डेलाई शिक्षा तथा समाजिक विकास मन्त्रालय, जसपाकै सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।