समाचार

बजेटमा के छन् कृषि तथा पशुपन्छी क्षेत्रका प्राथामिकता

ललितपुर। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गर्नुभएको आगामी अर्थिक वर्षको वजेटमा कृषि तथा पशुपन्छी विकास तर्फ कुल ५७ अर्व ४८ करोड रुपैया विनियोजन गरिएको छ। जसमा रासायनिक मल खरिदमा अनुदान , प्रांगारिक मलमा किसानलाई प्रोत्साहन देखि बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम सम्मका योजनाहरु रहेका छन । कृषि, पशुपन्छी र मत्स्य बीमा […]

निर्यातलाई सहजीकरण गरिदिन चीनको सिजाङ प्रदेशका उपाध्यक्षलाई कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा (Dan Ba) नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ । सिहंदरवार स्थीत मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीन वीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुदै आएको उल्लेख गर्दे आगामी दिनमा कृषि क्षेत्रमा […]

डिडिसीका कर्मचारीले लिदै आएको सेवा सुविधा कटौती

काठमाडौ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डिडिसी) अन्तरगतका कर्मचारीहरुले लिदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू को सुबिधा आज देखि कटौती गरेको छ । दुग्ध किसानहरुलाई दिनु पर्ने भुक्तानी , सरकार वाट लिएको रिण चुक्ता गर्नु पर्ने अवस्था लगायतका कारण यो सुबिधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ । […]

बसाईसराई रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालिन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाईसराईको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालिन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“गाउँगाउँमा रहेको उर्वर भूमी बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा […]

नार्क सुधारका लागि गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन

काठमाडौं। सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्सरचनाका लागि प्रा.डा. गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरीया र डा।यज्ञ गजाधर खड्का सदस्य रहनु भएको छ । उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पत्र हस्तान्तरण गर्नुहुदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय […]

नेपाल प्रकोप र विपदका दृष्टिले उच्च जोखिममा : मन्त्री अधिकारी

कोलम्वो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको वताउनुभएको छ । श्रीलंकाको कोलम्वोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्वन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली क्षेत्र सम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष […]

नेपालमा चियाको उत्पादन बढ्दो, निर्यातमा समेत सुधार

ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २ करोड ७० लाख किलो चिया उत्पादन भएको छ । अघिल्लो आर्थिक […]

अन्डाको मूल्य बढाउने निर्णय

ललितपुर। नेपाल लेर्यस कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । संघको शनिबार सम्पन्न छलफलले आइतबारबाट लागू हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।लागत मूल्य पाउन नसक्दा चिन्तित बनेका किसान संघको निर्णयले केहि राहत हसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु. ५२५ सम्म पुगेको अन्डाको मूल्य घटेर रु. […]

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरुले आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् । अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन […]

मन्त्री अधिकारीद्धारा विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण

भैरहवा। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले (आज) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देही जिल्लामा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । निशिक्षण पश्चात मन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताउनुभयो । परियोजनाका सन्दर्भमा विभिन्न टिकाटिपणीहरु आए पनि फिल्डमा आएर हेर्दा युवाहरुलाई कृषि उधममा लाग्ने वातवरण परियोजनाले बनाएको […]