उखु नेपालको एक नगदे बालि हो l उखु नगदे बालि भए संगै यसको उपयोगिता परापुर्ब कालबाटनै सास्कृतिक रुपमा महत्वपुर्ण रहेको पाइन्छ। नेपालमा मुख्यतया चिनी, सक्खर, गुड , भेली, खुदो, जुस आदि बनाउन उखुको लोकप्रियता बढ्दो देखिन्छ। तराइका १५ भन्दा बढी जिल्लाहरुमा ब्यबसायिक रुपमा खेति गरिन्छ भने विभिन्न पहाडी जिल्लाहरुमा समेत घरायसी प्रयोगको लागि थोरै परिमाणमा उखु खेति गरिने गरेको पाइन्छ। नेपाल लगायत विश्वका धेरै रास्ट्र हरुमा चिनी उत्पदानको मुख्य कच्चा पदार्थ उखु रहेको तथ्यांकले बताउछ। विभिन्न यूरोपियन मुलुकमा चुकंदर बाट पनि चिनी उत्पादन गरिन्छ। विश्वमा करिब साठी प्रतिशत भन्दा बढी चिनी त उखुबाट उत्पादन हुने गरेको पाइन्छ। र बाकि चुकंदरबाट गरिन्छ l उखु बर्तमान अवस्थामा तराईका जिल्ला लगायत पहाडी केहि जिल्ला जस्तै कास्की , गुल्मीमा पनि बिस्तार भई रहेको पाइन्छ ।
महोत्तरी , सर्लाही, रौतहट , नवलपरासी, कपिलबस्तु, चाहि मुख्य ब्यबसायिक उखु उत्पादन गर्ने तराईका जिल्ला मध्ये पर्ने गर्छन l उखु अन्य खेतीको तुलनामा केहि सजिलो खेति पनि हो l एकपल्ट रोपे पछि सामान्य हेरचाह गर्न सके तीन बर्ससम्म यसबाट लाभ लिन सकिन्छ। धन, मकै, गहु, आदि खेतीमा जस्तो परिश्रम लगानी र श्रम उखुमा गरे यसबाट प्रशस्त रुपमा फाइदा लिन सकिन्छ। यो सोझै एकमुस्ट ठुलो रकम ल्याउन सक्ने नगदे बालि हो l यो ‘एक रोपाई , तीन कटाई ‘ बालीमा लागत कम आम्दानी बढी हुन्छ l उखु को पातले दाउराको समस्या हल गर्ने , हरियो पात तथा हरियो टुप्पोहरु गाइ बस्तुका लागि पोषिलो आहार र सुकेको पातहरुको कम्पोस्ट सम्म बनाउन मिल्ने भएकाले यसको चौतर्फी लाभ लिन सकिन्छ। पानि जम्ने , अम्लिय, क्षारिय माटोमा पनि यो उत्पादन गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा हेर्दा ७१.६२५ हेक्टर क्षेत्रफ़लमा उखुखेति भएको पाइन्छ भने यसको उत्पादन 3,५५७,९३४ मेट्रिक टन रहेको छ l सरदरमा हेर्दा ४९.६७ टन/हेक्टर नेपालमा उखुको उत्पादन देखिन्छ र उखु खेतीमा करिब एक लाख कृषक परिवार संलग्न रहेको पाइन्छ। अर्थतन्त्रको हिसाबले हेर्ने हो भनि यसले नेपालको अर्थतन्त्रमा लगभग १८ अर्बको योगदान पुर्याएको छ l यस्तो राम्रो उखुको सम्भावना हुदाहुदै पनि बर्षौ पिच्छे उखुको उत्पादन घट्दै जानु मुलुकका लागि दुर्भाग्यको कुरा हो l उखु किसानहरु दिनहु रुष्ट हुनु, चिनी मिलहरु एक पछि अर्को गर्दै बन्द हुने स्थितिमा पुग्नु राज्यका लागि अप्रिय समाचार हो। नेपालको बार्षिक चिनीको माग ३००,००० मेट्रिक टन रहेको छ तर आन्तरिक उत्पदान लगभग १२०,००० मेट्रिक टन रहेको पाइन्छ। सर्लाहीका किसान अनुसार यो वर्ष उखु खेतिको क्षेत्रफ़ल बढेपनि उत्पादन घट्ने देखिएको छ। उक्त जिल्लामा गतबर्ष भन्दा उखु खेतीको क्षेत्रफ़ल २५ प्रतिशतले बढेपनि लामो समय खडेरीका कारण उत्पादन भने घट्ने अनुमान गरिएको छ l भदौ देखि पर्याप्त पानि नपरेको कारण उखुले पर्याप्त गाज हाल्न नसकेको र अग्लो हुन नसकी यसको उत्पादनमा कमि आउने देखिन्छ।
प्रकृतिबाट पनि ठगिएका किसान सरकार र उद्योगपति बाट बारम्बार ठगिनु नेपालका लागि कुनै नौलो कुरा हैन l गत वर्ष किसानले बेचेको उखुको मूल्य प्रति किन्टल चिनी उद्योग बाट चारसय एकहत्तर रुपैया अठाइस पैसा तथा सरकारी अनुदान बापत ६५ रुपैया २८ पैसा उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो तर उखु खेतीको दुइ वर्ष र बेचेको एक वर्ष हुदा पनि उक्त रकम नपाउदा किसानहरु मर्कामा परेका छन् l सर्लाहीका किसानलाई अनुदान बापतको २६ करोड रुपैया भन्दा बढी रकम गत असोज देखि कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवा आएर थन्किएको छ। बर्तमान अध्ययन अनुसार उखु किसानको समस्या उखुको भुक्तानी समयमा नपाउनु मात्र नभएर अरु कारण पनि रहेको औलाएको छ l उद्द्योग , बाणिज्य तथा आपूर्ति मन्त्रलायले गरेको अध्ययनमा उखु खेतिमा डेढ दर्जन भन्दा बढी समस्या रहेको पाइन्छ। कृषक हरुमा उखु खेतिको प्राबिधिक ज्ञान तथा परामर्श सेवाको अभाब , सहुलियत पुर्ण कृषि कर्जामा सरल पहुँचको अभाव, उखुको मूल्य समयमा भुक्तानी हुन नसक्नु , सरकारबाट अनुदानमा ढिलासुस्ती ,आदिका कारण उखुको उत्पादन र उत्पादकत्व बृद्दि गर्न नसकेको पाइन्छ। चिनी मिल बाट समएमा भुक्तानी पाउन नसक्दा किसानले उखुको उत्पादन , कटाई, ढुवानी , आदिको खर्च महँगो ब्याजदरमा व्योहर्न बाध्य भएका छन्। उत्पादन तथा उत्पदकत्त्व बढी हुने उन्नत जातको बिउ उपलब्ध छैन। आवस्यक पुंजी तथा मल , सिंचाई , व्यवस्थाको उत्तिकै अभाब र सडक अभाब तथा असुविधाको कारण ढुवानी महँगो र कठिन पनि बनेको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालयको अनुमान अनुसार हाल नेपालमा उत्पादित उखु मध्ये ५८ % उखु चिनी उत्पादनको कच्चापदार्थको रुपमा चिनी उद्द्योगमा खपत हुन्छ बाकि उखु भने सक्खर , जुस, मदिरा उत्पादन लगायतका व्यवसायिक प्रयोजनमा खपत हुने गरेको छ ।
उखुको भुक्तानीको समस्या लगत्तै चिनीको उत्पादनमा पनि कमि आएको देखिन्छ l दशैँ , तिहार र छठजस्ता चाड लस्करै आउने शरद ऋतुमा चिनीको उच्चा खपत हुने भएपनि चिनीमा नेपालको परनिर्भरता बढ्दै गएको पाइन्छ l वर्तमान तथ्यांक अनुसार नेपालले अहिले बर्षेनी १५ अर्ब रुपैया भन्दा बढी मुल्यको चिनी विदेशबाट आयात गर्नु परिरहेको छ। चाडबाडको समयमा चिनीको हाहाकार हुने अवस्थाका कारण भारतसंग समन्वय गरेर २५ हजार मेट्रिक टन चिनी नेपाल भित्रिने कुरा सरकारले जनाएको छ l बजारमा चिनीको अभाब चुलिएपछि सरकारले भारतलाई चिनी उपलब्ध गरिदिन अनुरोध गरेको थियो । मन्त्रालयका अनुसार भारतसंग खरिद गर्न लागिएको २५ हजार मेट्रिक टन चिनी मध्ये २० हजार मेट्रिक टन चिनी भन्सार छुटको रहने जनाएको छ l बाँकि रहेको ५ हजार मेट्रिक टन चिनी भने तिहारपछि भन्सार छुटबिना नै ल्याइने मन्त्रालयले जनाएको छ l साल्ट ट्रेडिङ र खद्द्य व्यवस्था तथा ब्यापार कम्पनीले तिहार अघिनै १०-१० हजार मेट्रिक टन खरिद गरेर ल्याएर बिक्रि गर्ने जनाएको छ l
कुनै बेला चिनीमा आत्मनिर्भर हुने लागेको नेपालले अहिले बर्षेनी १५ अर्ब भन्दा बढी मुल्यको चिनी विदेशबाट आयात गर्नु राज्येकै लागि लज्जास्पद कुरा हो । उखु उत्पादनमा कृषक हरुको जागरुकता बढाऊन बर्तमान परिप्रेक्ष्य को आवस्यकता देखिन्छ । अनुदान, समयमा रकम भुक्तानी , प्रोत्साहन , आवस्यक तालिम किसानलाई प्राप्त गराउन सके उखुमा हामि आत्मनिर्भर हुन समय लाग्दैन र चिनी उत्पादनका लागि कच्चा पदार्थ पनि राज्य भित्रै उत्पादन गर्न सकिन्छ l सरकारले पनि किसानलाई प्रोत्साहन गर्नुका साथै बन्द हुन लागेका चिनी मिल पुर्णरुपमा संचालन गर्न आर्थिक , राजनैतिक तथा ब्यबहारिक रुपले सहज पार्न आवस्यक देखिन्छ ।