ललितपुर। सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता ’ आयोजना हुने भएको छ । वेव्स ईन नौका प्रा.लि.ले जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। कृषि क्षेत्रमा संलग्न उत्कृष्ट २० किसानलाई सम्मान तथा प्रमाण – पत्र वितरण गरिनुका साथै उत्कृष्ट ५ किसानलाई पुरष्कृत गरिने आयोजकले जनाएको छ।

सिन्धुलीको गोलन्जोर र सुनकोशी गाउँपालिकाको संयुक्त आयोजनामा हुन गैरहेको प्रतियोगितामा सहभागी हुन गाउँपालिकाको कृषि शाखा तथा वडा कार्यालयले सहजिकरण गर्ने आयोजकले जनाएको छ । यसका अलावा किसान आफैंले www.wisekachuwa.com/form मा गएर आवेदन फारम भर्न सक्ने छन् । कृषि क्षेत्रमा युवाहरुको सहभागीता बढाउने उदेश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।