ललितपुर।  मधेश प्रदेशमा दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ। ‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने नाराका साथ प्रदर्शनी हुन लागेको हो।

हरिवन नगरपालिका, प्रदेश दुग्ध विकास बोर्ड र कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश बाराको आयोजनामा प्रदर्शनी हुन लागेको आयोजकले जनाएको छ । प्रदर्शनीको माघ ५ गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले उद्घाटन गर्नेछन्। प्रदर्शनी माघ ५ गते बिहान ८ देखि साँझ ५ बजेसम्म सूर्ती विकास मैदान हरिवन-११ सर्लाहीमा हुने छ। प्रदर्शनीको सह-आयोजक कृषि ज्ञान केन्द्र मलंगवा, हेल्भेटास नेपाल, इन्दुशंकर चिनी उद्योग हरिवल र हेफर इन्टरनेशनल नेपाल रहेका छन्।