समाचार

सहकारीले महिलालाई व्यवसायी बनायो

देउखुरी। घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन वटा बोका, १० वटा खसी र १२ वटा साना पाठापाठी छन् । घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेकी रामकुमारी अहिले व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ । उनले रु पाँच लाख लगानी गरेर चार कोठासहितको ठूलो खोर निर्माण गरेर […]

यस वर्ष सुन्तला उत्पादन बढ्ने

पर्वत। व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष […]

सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिरहेका छन् । पन्ध्र वर्षदेखि जिल्लाका केही भागमा सुरु गरिएको कफीखेती अहिले ३२ गाउँमा विस्तार भइसकेको छ […]

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

दोधारा चाँदनी। धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताए । “चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।” उनले भने,“गतवर्ष जस्तै यसवर्ष पनि धान […]

खसी बिक्री नहुँदा किसान निराश

राँझा। दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिए । […]

आरन चलाएर गुजारा, काम गर्न भ्याइनभ्याई

बेदकोट। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार । उनले आरनको काम गर्छन् । उनले दशकौँदेखि […]

म्याग्दीको टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन गरिएको छ । विदेशबाट फर्केका तीन जना युवाले गरेको माछापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारमा दुई वर्ष काम गरेर गाउँ फर्किएका हरिबहादुर रोकाले संयुक्त लगानीमा रेन्बो ट्राउट […]

बेमौसमी सिताके च्याउ उत्पादन सुरु

तानसेन। तानसेन नगरपालिका–८ मदनपोखराका कृषकहरुले बेमौसमी च्याउ उत्पादन सुरु गरेका छन् । गाउँका ६३ परिवारले सामूहिक रुपमा सिताके जातको च्याउ खेती गरेका हुन् । तीन रोपनी क्षेत्रफलमा चारवटा टनेल र एउटा चिस्यानघरमा च्याउ खेती गरेका छन् । समूहले बेमौसममा च्याउको उत्पादन गर्न चिस्यानघरको निर्माण गरेको छ । सिताके च्याउलाई अत्यधिक चिसो चाहिने भएकाले तापक्रम व्यवस्थापन […]

व्यावसायिक भेडापालनमा युवाको बढ्दो आकर्षण

खोटाङ। केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गरेकाछन् । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक भेडापालनमा सक्रिय छन् । तीन वर्षअघि आधिकारिकरुपमा व्यावसायिक फार्म (मुन्धुम भेडापालन फार्म) दर्ता गरेर भेडापालन शुरु गरेका लक्ष्मणको फार्ममा अहिले २५० वटा भेडा छन् । रु. २० लाखमा एक […]

‘खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो’

नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु. ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु. ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो । सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका […]