समाचार

सुन्तला उत्पादन घट्दा किसान चिन्तित

तनहुँ। जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगैँचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो । गत वर्ष यो गाउँबाट रु दुई करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर […]

स्याउको शान, साइपालको मान

बझाङ। बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बसे । फर्कने बेलामा कोसेलीका लागि भन्दै उनले निरन्तर स्याउ खोजे, त्यसमा पनि साइपालमै फलेको । दिनमा एक पटक बजार डुलिरहे । घर जान लागेकै दिन संयोगवस मल्लो बजारमा एक बोरा साइपाले स्याउ भेटे र सबै खरिद गरेर घरतर्फ लागे । […]

धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै

डुम्रे। अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझाले बताए। “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैन”, उनले भने, “पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम […]

किसान खेतमा, चुनावी पर्चा घरमा

चितवन। यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरू धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् । भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाएर निर्वाचन तोकेको […]

चितवन राष्ट्रिय निकुञ्जको पचास हेक्टरमा नयाँ घाँसेमैदान

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो । यस वर्ष निकुञ्जले दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाएको छ । निकुञ्जका सूचना […]

सरकारद्धारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

ललितपुर। सरकारले धानको समर्थन मूल्य प्रतिक्विण्टल २२६ रुपैयाँसम्म बढाएर तोकेको छ । मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार आर्थिक वर्ष २०७९/८० का लागि सरकारले धानको मूल्य तोकेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलकाअनुसार सरकारले मोटा धान प्रतिक्विण्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विण्टल ३ हजार १२८ रुपैयाँ न्यूनतम् समर्थन […]

स्वरोजगारको माध्यम बन्दै कुखुरापालन

नवलपुर। आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका (लोकल) तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् । गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउछन । एक हजार […]

धानका बालामा चामलभन्दा भुस धेरै

मलेखु। यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला धादिङ नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् । धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् । झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि […]

कैलालीमा गहुँको बीउ अभाव

भजनी। कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव भएको गुनासो गरेका हुन् । भजनी–८ सोनाहाफाटा फागुराम चौधरी बाढीले घरमा भएमा सबै अन्न नष्ट गरेकाले यतिखेर खेती गर्ने बीउ अभाव भएको बताए। “बाढीले खेतको धान नष्ट […]

प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण

नवलपरासी। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो । प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण गरिएको हो । संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसरामा […]