फूल व्यवसायीलाई फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ
बेदकोट। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ। सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उनले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गरेकी छन्। मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताइन्। “तिहारका लागि फूलको माग असाध्यै छ, […]





