ललितपुर। अब दूध किसानले २५ दिनभित्रै भुक्तानी पाउने भएका छन् । कृषि तथा वन पर्यावरणमन्त्री गीता चौधरीले भदौ अन्तिम सातादेखि दूध किसानको भुक्तानी अवधिलाई २५ दिनमा झार्ने तयारी गरेको जानकारी दिइन् ।
मङ्गलबारको प्रतिनिधि सभा बैठकमा सांसद निष्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले ८ महिनासम्म भुक्तानी नपाउने अवस्थालाई अहिले ३ महिनामा झारेको दाबी गरिन् ।
हाल दुग्ध विकास संस्थान (डीडीसी) सँग १५० मेट्रिकटन दुध पाउडर, १२० मेट्रिकटन नौनी मौज्दातमा रहेको छ । खाडी मुलुक र चीनमा घ्यु निर्यातका लागि तयारी समेत गरिएको मन्त्री चौधरीले जानकारी दिइन् ।









