खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या
बर्दिया। राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ । हिउँदे बाली लगाउन अहिले मल र बीउको जोहो गर्न पनि धान बेच्न परेको उहाँको भनाइ छ । […]





