बीमा र ‘भैँसी सुत्केरी भत्ता’ले फस्टायो भैँसीपालन व्यवसाय
काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाडेको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । “विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनःभैँसी […]





