समाचार

बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा

ललितपुर। दक्षिण/दक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो । सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी […]

छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण गरिँदै

जनकपुरधाम। बजार क्षेत्रमा छाडारूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (कान्जी हाउस) निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा पशु चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले वडा नं. १२ कुवामा गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर गौशाला निर्माण गर्न लागेको हो । उपमहानगरपालिकाले कुल रु. एक करोड लागतमा निर्माण गर्न लागेको गौशालामा […]

कागतीमा आत्मनिर्भर बन्यो झापा

झापा। झापा जिल्ला कागतीमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा समेत चिनिने भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा झापामा एक हजार एक सय ४० मेट्रिक टन कागती उत्पादन भएको र चालु आवमा अझ बढ्ने कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले बताए। उनका अनुसार […]

गाउँभरि ‘अकबरे खुर्सानी’

तानसेन। बारीभरि लटरम्म फलेको अकबरे खुर्सानीको हेरचाह गर्नु, पाकेर रातो भएका खुर्सानी टिप्नु र बिक्रीका लागि सङ्कलन केन्द्रसम्म पुर्‍याउनु विष्णु कार्कीको दैनिकी बनेको छ। रिब्दीकोट गाउँपालिका ९४ भैरवस्थानका कार्कीले घरछेवैको तीन रोपनी बारीमा तीन हजार बिरुवा लगाएका छन्। ‘एक लाखको खुर्सानी बेचें, अझै तीन लाख बढीको बाँकी छ,’ कार्कीले भने, ‘बाँदरले नखाने, छोटो समयमा धेरै […]

‘टिस्यु कल्चर’ प्रविधिमा केरा किसान आकर्षित

भजनी। कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेती ‘हब’को रुपमा विकसित हुँदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा विकास हुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेती हबको रुपमा विकसित भएको हो । ल्याबमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रबिधिका बिरुवाले केरा उत्पादनमा वृद्धि हुने […]

स्वर्ण वर्ष मनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

चितवन। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष […]

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली

गण्डकी। कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै […]

‘व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल’

पाल्पा। तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ । हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै किसानको आकर्षण बढेको छ […]

नुवाकोट र रसुवामा १० करोड ६१ लाख बराबरको कृषि कार्यक्रम

त्रिशूली। कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा १० करोड ६१ लाख रूपैयाँ बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले […]

विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

गण्डकी। लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी। उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो। खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे। कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ। फाट्टफुट्ट कोदाको खेती देखिने गरे […]