भेडा मर्न थालेपछि समस्यामा किसान
बेनी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन्। साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए। ठाडाखानीमा पूर्णबहादुर छन्त्याललेसमेत […]





