समाचार

किसानलाई मल अभाव

झापा। कमल गाउँपालिका– ४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क छिन् । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएकि छिन् । मल अभावमा विगतमा पनि समयमै आलु रोप्न नपाएकी उनले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेको हो । तनुजा आफैले र गाउँपालिकाले उत्पादन गरेको जैविक […]

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

ढोरपाटन। पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको कथा भने नमीठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ […]

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

नुवाकोट। नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख […]

सयपत्री फूलको माग बढ्यो

रामपुर। तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गरेका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा […]

आज काग तिहार

ललितपुर। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । यमराजले लोकको खबर कागका […]

सयपत्री प्रति थुङ्गा रु. चारमा बिक्री

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूल खेती सुरु गरिन् । तिहारका समयमा उनलाई माग अनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिक रूपमा फूल खेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका […]

आत्मनिर्भर बन्न व्यावसायिक रूपमा गाईपालन

दोधारा चाँदनी। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नुपरेको छैन । केही खर्च गर्नुपरे पनि श्रीमानको तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन् । भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रू. १ लाखमा पाँच गाई खरीद गरेर व्यावसायिक रूपमै गाईपालनमा लागेकी उनी अहिले लाखौंको कारोबार गर्छिन् । ‘श्रीमान् […]

चाडबाडमा अलैँची टिप्न व्यस्त किसान

बागलुङ। मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए […]

एक हजार सात सय ७० कृषकको छैन जमिन

चितवन। जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन् । जग्गाको स्वामित्व हुने कृषकको सङ्ख्या एक […]

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

गलेश्वर। पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरु चिन्तित बनेका हुन् । बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान नारायण सापकोटाले किराको प्रकोपका कारण धानको उत्पादन गत वर्षको तुलनामा यसवर्ष कम हुने अनुमान गरिएको […]