समाचार

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ। मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । “यसपाली वर्षा र […]

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन् । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन् । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । “पहिला […]

धानबालीमा गवारोको समस्या

रामपुर। धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित छन् । उनले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गरेका छन् । रोग निराकरण नहुँदा उनी चिन्तामा छन् । करिब सात रोपनी जग्गामा लगाइएको धानबालीमा एकैपटक गवारोले सताउँदा धान पसाउनै नपाउने हो कि भन्ने समस्याले उनलाई पिरोलेको छ । “फेदमा बसेर गवारो कीराले धानको गुवो खाएर […]

कालीकोटको स्याउ बजार पु¥याउन समस्या

मान्म। कालीकोटको स्याउ बजार पु¥याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पु¥याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या […]

राजनीतिसँगै माछापालन व्यवसाय

मोरङ। राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि आगाडि बढाएका छन् । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ । इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट […]

लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

रुकुम पूर्व। भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु. ५० देखि ६० पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री […]

जुम्लाको तरकारी निर्यात

जुम्ला। जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ । कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ । यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही […]

आयातित तरकारीको माग घट्दै

म्याग्दी। धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अग्र्यानिक खेती प्रणाली सुरु गरेका छन् । विशेष गरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि जिल्लामा कृषिले व्यावसायिक रुप लिनुका साथै कृषिमा प्रविधिको प्रयोग र अग्र्यानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो । विगत तीन वर्षयता यहाँ अग्र्यानिक खेती विस्तार […]

बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी

ललितपुर। बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो । परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागिएको छ । मन्त्रालयका सचिव डा शरणकुमार […]

कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

भोजपुर। यहाँको आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ । कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड दिँदै उनीहरुलाई नमूनाका रुपमा देखाउन गाउँपालिकाले करिब रु ६० लाख लागतमा कृषि फार्म सञ्चालनमा ल्याएको हो । करिब एकसय २० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर कृषि फार्म सञ्चालन गरिएको छ […]