समाचार

सर्लाहीका किसानलाई तरुल खन्न चटारो

सर्लाही। सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् । बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर […]

बर्दघाट सुस्तापूर्वमा यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

मध्यबिन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो । जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु. छ करोड १५ लाख आम्दानी भएको […]

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेका ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन् । रु. १२ हजारको लगानीमा दुई […]

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा कमी

बागलुङ। समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्र्याउ नै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो । मध्यपहाडी […]

बजार नहुँदा बिक्री भएन नर्सरीका विरुवा

सिरहा। सिरहाको लहान नगरपालिका-१९ कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा विरुवा उत्पादन गरिरहेका छन् । एक विघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आएका उनि अब यसलाई बढाएर १५ कठ्ठा पु¥याउने योजनामा छन् । तर नर्सरीमा भएका विरुवा समयमै बिक्री नहुँदा भने उनि चिन्तामा छन् । बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उनको […]

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

सुर्खेत। जडीबुटीको प्रचूर सम्भावना बोकेको कर्णाली प्रदेश त्यसको उपयोग गर्न नसक्दा विकासको हरेक दृष्टिबाट पछाडि धकेलिएको छ । जडीबुटी खेती प्रवद्र्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनबाट प्रष्ट हुन्छ । अनेकौँ किसिमका जडीबुटी उत्पादन हुने यो प्रदेश जडीबुटीको राजधानीका रुपमा चिनिन्छ । सरकारले […]

अदुवा भन्दा पिँडालु महङ्गो

डोटी। दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पालन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ ।​ कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन । वीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायतका बजारमा बिक्री भइरहेको छ । बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा […]

बागलुङमा धान उत्पादन घट्यो

ढोरपाटन। लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानी क्षति पु¥याउँदा सात मुरी मात्रै स्यारेको […]

म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै

गलेश्वर। म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भदौ, असोज र […]

किसानसँग धान खरिद गर्दै सरकार

कञ्चनपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए । कम्पनीले यस वर्ष कञ्चनपुरमा […]