समाचार

अछामको कोदो कञ्चनपुरको सिमटारी चामल लोकप्रिय बन्दै

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले कोदोको पिठो र रैथाने जातको सिमटारी धानको चामल ‘प्याकेजिङ’ गरी बजारमा बिक्री वितरण गर्न सुरुआत गरेको छ । सो सहकारीले कोदो अछामबाट खरिद गरेर आफ्नै प्रशोधन उद्योगमा पिठो बनाइ बेच्न सुरु गरेको हो । यसैगरी सहकारीले आफँैले उत्पादन गरेको रैथाने जातको सिमटारी धानको चामल पनि बिक्री […]

बेमौसमी सुन्तला फलाउँदै खड्का

गलकोट। सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु. एक सयका दरले बिक्री गर्नुभयो । उन्सु जातको सुन्तला उत्पादन गदै आउनभएका खड्काले ‘सिजन’मा रु तीन लाखको सुन्तला बिक्री गर्नुहुन्छ भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आउनुभएको छ । उहाँले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु. ५० हजार आम्दानी गरेको […]

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

पर्वत। पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ । कृत्रिम गर्भाधानका माध्यमबाट […]

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो

झापा। कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको […]

उत्पादनमा आधारित कृषि अनुदान

बलेवा। जिल्लाको गलकोट नगरपालिकाले किसानका फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना ल्याएको छ । तीन सय केजीभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकेजी रू तीनका दरले अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको हो । किसानलाई फलफूल तथा तरकारी उत्पादन बढाएर पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’ ल्याइएको वडा नं. २ का वडाध्यक्ष […]

गाउँघरमा पनि देखिन छाडे ढिकी र जाँतो

भोजपुर। दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रुपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो । मानिस उत्पादनमुखीभन्दा पनि बाहिर बजारबाट आउने चामल, दाललगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी, जाँतोको चलन हराउँदै […]

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

ढोरपाटन। एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो र कमेरो निकाल्ने […]

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा

गण्डकी। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त आज […]

पाखो बारी बन्यो ‘एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर’

दमौली। तनहुँको व्यास नगरपालिका–१२ फुर्लुङस्थित पाखो बारी एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको छ । प्रयोग नभई बसेको पाखो बारी एग्र्रो फरेष्टी एन्ड रिसर्च सेन्टरका रुपमा विकसित भएको हो । काठमाडौं रानीबारी निवासी पारस शाक्यले विसं २०७८ देखि उक्त ठाउँमा आहाना एग्रो फरेष्टी एन्ड रिसर्च सेन्टर सुरु गर्नुभएको हो । करिब ७० रोपनी […]

पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

वेदकोट। कञ्चनपुरमा बेमौसमी वर्षाले पाकेको धानबाली भिजाएपछि किसान चिन्तित भएका छन् । पाकेको बाली भित्र्याउने समयमा आएको वर्षाले खेतमा धान भिजाएपछि किसान चिन्तित भएका हुन् । सोमबारको वर्षाले काटेको धान खेतमै भिजाएको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी किसान अनिला चौधरीले बताउनुभयो । “सात÷आठ कट्ठा खेतको काटेको धान भिजाएको छ, एक्कासी पानी आउँदा खेती भित्र्याउनै पाएनौँ”, उहाँले भन्नुभयो, […]