
ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको वताउनुभएको छ । युवा किसान सञ्जालले आज काठमाडौमा आयोजना गरेको किसान सम्मान एंव अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व समालेको आठ महिनाको अवधिमा भएका कार्य र निर्णयहरु समग्र कृषि र किसानको पक्षमा भएको वताउनुभयो, अझै थुप्रै कामहरु गर्न वाँकी छ जसको सकारात्मक प्रतिफल देखिदै जाने छ मन्त्री अधिकारीले, भन्नुभयो।
कृषि ऐन चाडै अघि बढाउने गरि मन्त्रालयले काम गरिरहेको छ, कृषि मार्फत हामीले चाहेको सम्वृद्दि नयाँ ऐन मार्फत प्राप्त हुन सक्ने गरी तयार हुदैछ मन्त्री अधिकारीले भन्नुभयो, ऐन चाडै मन्त्रीपरिषद हुदै संसदमा पुग्दैछ । कृषि मार्फत गरिवी घटाउदैै कम्तीमा आफनै हैसियतमा वाच्न सक्ने अवस्थामा पुरयाउने लक्ष्य ऐनले वोकेको मन्त्री अधिकारीले वताउनुभयो । किसानलाई परिचय पत्र वितरणको कार्य यसै वष देखि सुरु गर्देछौ , प्रधानमन्त्रीवाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ उहाँले ,भन्नुभयो। मन्त्री अधिकारीले कृषि मन्त्रालय मार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरुको नाम सार्वजनिक गरिएको उल्लेख गर्दे कृषि र किसानको नाममा १ खर्व ७ अर्व रुपैया वितरण भएको रहेछ ,यसको उपलब्धी खोज्ने काम भएको छ ,भन्नुभयो ।
मन्त्री अधिकारीले सिँहदरवार चारेर अनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको र आफु मन्त्रालयको नेतृत्वमा रहँदा सम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । किसानले समयमा मल र विउ नपाउने मन्त्रालय के गरि वसेको छ भन्ने प्रश्न उठने गरेको भन्दै मन्त्री अधिकारीले ठुलो रकम रासायनिक मलमा अनुदान गएको र यसको सहज वितरणमा प्रदेश र स्थानीय तहको पनि महत्वपुर्ण भुमिका हुने वताउनुभयो ।