समाचार

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

दमौली। तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो […]

मुगुमा न्यून खाद्यान्न उत्पादन, उत्पादनले चार महिना मात्र धान्छ

मुगु। मुगुमा ९० प्रतिशत नागरिक कृषिमा आश्रित रहेपनि न्यून मात्रामा खाद्यान्न उत्पादन हुने गरेको छ । मुगुका बासिन्दा परम्परागत कृषि पेसामा निर्भर छन् । जिल्लामा उत्पादन भएको अन्नले चार महिना खान पनि मुश्किलले पुग्ने अवस्था छ । छायानाथ रारा नगरपालिका–५ का हरिबहादुर बुढा बाली लगाए वर्षको एक पटक मात्र उत्पादन हुने बताउनुहुन्छ । “एक बालीले […]

मध्यमाघसम्म हिउँ न वर्षा

गण्डकी। “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति […]

उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर

गलकोट। मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गर्नुभयो । एक सय मौरीका घारसहित चरनका लागि आउनु भएका उहाँले तीन सय केजी मह उत्पादन गरेको बताउनुभयो । “मह प्रतिकेजी रू. एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह […]

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

चौतारा। सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज््याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी […]

कृषिजन्य वस्तुुको पकेट क्षेत्र घोषणा : नलगाडले निर्यात गर्न थाल्यो कृषिजन्य वस्तु

जाजरकोट। कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुुलाई भन्दा आफैँ उत्पादनमा जोड दिएर कृषिजन्य वस्तुु उत्पादन गरी बाहिर निर्यात गर्ने उद्देश्यका साथ विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । नगरभित्रबाट मह, लसुन, मकैलगायतका […]

शहरी फोहोर व्यवस्थापनको एक उपाय : कौशी तरकारी खेती

नेपाल एक कृषि प्रधान देश हो । यहाँको माटो मलिलो छ । यो देश र यस देशमा बसोवास गर्ने प्राय ः सबै मेहनती र परिश्रमी दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ । भौगोलिक विविधताले भरिपुर्ण मुलुक भएर होला, यहाँका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा ठाँउ अनुसारका विभिन्न खाद्यान्न बाली, नगदेबाली र अन्य सागसब्जी लगायत सबै किसिमका बालीहरु उत्पादन […]

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटा। बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत […]

दूधको मूल्य बढाउन माग

भरतपुर। चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गर्नुभयो । उहाँले बैंक […]

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुर। भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो […]