नेपाल एक कृषि प्रधान देश हो । यहाँको माटो मलिलो छ । यो देश र यस देशमा बसोवास गर्ने प्राय ः सबै मेहनती र परिश्रमी दाजुभाई दिदीबहिनीहरु हुनुहुन्छ । भौगोलिक विविधताले भरिपुर्ण मुलुक भएर होला, यहाँका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भूभागमा ठाँउ अनुसारका विभिन्न खाद्यान्न बाली, नगदेबाली र अन्य सागसब्जी लगायत सबै किसिमका बालीहरु उत्पादन हुन्छ । उब्जाउशील भूमिको दिन–प्रतिदिन कित्ताकाट र भौतिक संरचना निर्माणले ती उब्जाउशील र उर्वर भूमि नासिदै गइरहेको छ । मेहनती किसान दाजुभाई , दिदीबहिनीहरुले आफूले बनाएका घर, कलकारखाना र उद्योगको कौसीमा खेतीको प्रचलन बढ्दै गइरहेको छ । विगत वर्षहरुमा कोरोनाको कारण विश्वव्यापी महामारीमा हाम्रो देशमा पनि भएको लकडाउनको कारण स्कुल कलेज उद्योग कल कारखानाहरु सवै बन्द भएपछी धेरै मानिसहरुले आफ्नै घर आगन बगैचामा रमाउने बानी बसि सकेको छ । शहरी क्षेत्रमा मानिसहरु कौसीमा तरकारी र फुलहरु सँग रमाउने बानी बस्दै गएको छ । लामो समयको कोरोनाको कारणले भएको बन्दा बन्दीले मानिसको दैनिक जिवन नै बदलिएको परिस्थितीमा अधिकांश शहरी क्षेत्रमा मानिसहरु कौसी खेती तर्फ आर्कषण र उत्साहित हुदै गएका छन् । धेरै जसो मानिसले फुर्सदको समयको सदुपयोग गरी सौखका रुपमा गर्दै आएको कौशी खेती हाल अभियानको रुपमा अघि बढीरहेको छ । जस्ले गर्दा घर तथा भान्साबाट आएको फोहोर आँगन र कौशीका कम्पोष्ट विन राखी त्यसबाट कम्पोष्ट मल उत्पादन गरी कौशी तरकारी खेतीमा सदुपयोग गर्ने बानी शहरी क्षेत्रका अधिकाँश मानिसहरुमा विकास हुदै गएको छ जसका कारण फोहोरको उचित व्यवस्थापन हुनुका साथै काम गर्ने बानीको विकास समेत भएको छ ।
कौसी खेती भनेको के हो ?
सामान्यतया घरको छलमा गमलाहरुमा तरकारी रोपेर गरिने खेती नै कौसी तरकारी खेती हो । परम्परागत रुपमा सिमेन्टका गमलाहरुमा माटो भरेर घरको छत, बरण्डामा साग, गोलभेडा, खुसार्नी लगायतका तरकारी आफ्नै सौखको लागी खेती गर्ने गरिन्थ्यो । यसरी धेरै सिमेन्टका गमलाहरुले घरको छतको भार बढ्ने र कुनै पनि बेला घरमा क्षती नोक्सानी हुन सक्ने हुँदा नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले आधुनिक कौसी खेती गर्ने नयाँ प्रविधिको विकास हुदै गएको छ । बढ्दो शहरीकरणले गर्दा खेती योग्य जमिनको अभाव भै शहरबासीहरु कौसी खेती प्रति आर्कषित भएको पनि देखिन्छ । हाल नेपालमा पनि विस्तारै माटो विना खेती गर्ने हाइड्र««ोपोनिक प्रविधिबाट कौसी खेतीको विकास भएमा छतमा हुने भार कम गर्न सकिन्छ ।
कसरी गर्ने कौसी खेती ?
कौसी खेतीको लागी सर्ब प्रथम हामीले खेती गर्ने भाँडाहरुको व्यवस्था गर्नु पर्छ । यस्ता भाडाहरु सकेसम्म कम भार हुनु जरुरी छ । जसले गर्दा कौसीमा सरसफाई गर्न पनि सजिलो होस् र व्यवस्थित गर्न सजिलो होस् । कौसी खेती गर्नको लागी माछा राख्न प्रयोग हुने थर्मोकोलाका खाली बक्सहरु, ग्रो व्यागहरु, पानीका जारहरु, प्लाष्टिकका गमलाहरु उपयुक्त हुन्छ । यस्ता भाडाहरुमा कोकोपिट र भर्मिङ कम्पोष्ट वा जैविक मलमा माटो मिसाएर भर्नु पर्दछ, यसले तरकारी बालीलाई चाहिने उचित पोषक तत्व पनि प्रशस्त मात्रामा पाउँछ र उत्पादन पनि राम्रो हुन्छ ।
कौसी खेतीको लागी उपयुक्त तरकारीहरु :
कौसी खेतीमा कुन कुन तरकारी रोप्न सकिन्छ भन्ने बारे कुनै पनि निश्चित मापदण्ड केही पनि छैन । कौसीको आकार, उपलब्धता, प्रकास, खुल्ला र उचाइको आधारमा विभिन्न खेती गर्न सकिन्छ । कौसी खेती विभिन्न अग्रज व्यक्तित्वका अनुसार र विशेष गरी लामो समय देखी कौसी खेतीमा अनुभव गरिरहनु भएका विज्ञ व्यक्तिहरुको भनाईलाइ आधार मान्दा निम्न ४ किसिमबाट कौशी खेती गर्न सकिन्छ ।
१. विभिन्न सागहरु, धनियाँ, मुला, आलु, लसुन, प्याज जस्लाई ठूलो अग्लो भन्दा चौडा धेरै भएका साना साना बट्टाहरु, प्लास्टिकका बाटाहरुमा र सानो सानो गमलाहरुलाई एउटा हलुको फलामे स्टन्डमा राखी तह तहमा विरुवा रोप्न सकिन्छ ।
२. गोलभेडा, खुर्सानी, भेडेखुर्सानी, भण्टा, भिण्डी जस्ता सानो सानो बुट्यानमा फल्ने तरकारीहरु जस्लाई थर्माकोल, प्लाष्टिकका बाल्टिन, पेन्टहरु, पानीका जारहरु ठुला प्लाष्टिकका गमलाहरुमा रोप्न सकिन्छ ।
३. काँक्रा, फर्सि, लौका, घिरौला, करेला, सिमी र बोडी जस्ता लहरे बालीहरुलाई अलि ठूला भाँडाहरुमा रोप्नु पर्छ । यी विरुवाहरुलाई सानो सानो थाक्रो र डोरी लगाएर फैलन दिनु पर्छ । यी तरकारीहरु खेती गर्न कौसीमा प्रशस्त उचाइ हुनु राम्रो हुन्छ ।
४. अम्बा, कागती, मुन्तला, अम्रपाली आँप र सानो सानो रुख हुने फल फुलहरुलाई प्लाष्टिकका ड्रमहरु, ठूला ठूला साइजका गमलाहरुमा रोप्न सकिन्छ । यस्ता विरुवा कौसिको कर्नरमा रोप्दा राम्रो हुन्छ ।

कौसी खेती संरक्षण गर्ने तरिका :
कौसी खती गर्नको लागी स्थान, भाडाहरु, मल जुटाएर खेती गर्न जति सजिलो छ त्यतिकै त्यसको संरक्षण गर्न गाह्रो छ । कुनै पनि खेतीमा विरुवाले आफूलाई चाहिने तत्व जराबाट लिने गर्छ र विरुवाहरु हेरेर त्यसका जरा टाढा टादा सम्म फैलिएका हुन्छन् तर कौशी खेतीमा विरुवाहरुको जरा निश्चित भागमा खुम्चिनु पर्ने हुन्छ र तिनीहरुलाई बढ्न फैलन आवश्यक पोषिलो तत्व हामीले पु¥याउनु पर्ने हुन्छ । लहरा हुने विरुवाहरुलाई बढ्न सानो थाक्रोको व्यवस्था समेत गर्नु पर्ने हुन्छ । यसमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । लहरा हुने विरुवालाई बढन सानो सानो थाक्रोको व्यवस्था समेत गर्नु पर्ने हुन्छ । यसमा विशेष ध्यान पु¥याउनु नै कौसी खेतीको सबैभन्दा महत्वपूर्ण पाटो हो । त्यसै गरी रोग र किरा लागेमा घरेलु विषादी बनाएर पनि प्रयोग गर्नु पर्ने हुन्छ । तर कौसी तरकारी खेतीमा रासायनिक हानिकारक विषादी कहिले पनि प्रयोग गर्नु हुदैन । यसले घरपरिवार तथा वालवालिकालाई निकै हानि गर्ने सम्भावना बढी हुन्छ । हाम्रो घरमा फालिने तरकारी तथा भान्साबाट निस्किने फोहोर बाट कम्पोष्ट विनको प्रयोग गरी कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकिन्छ । औषधीको लागी निमको पातको रस, प्याजको रस, करेलाको रस लाई साबुन पानीको झोल मल समेत कासी खेतीको लागी उपयुक्त मानिन्छ । कौसी खेती प्रर्वद्धनका लागी अहिले कतिपय संघ संस्था र स्थानीय सरकारले अनुदान दिदै आएको छ भने खेती प्रविधी वारे आवश्यक तालिम समेत दिदै आएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं १६ सँगको सहकार्यमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा असल छिमेकी नेपालको कार्यान्वयनमा पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना कार्यक्रम मार्फत हालै १०० जना व्यक्तिहरुलाई कौसी खेती प्रर्वद्धन सम्वन्धी तालिम सञ्चालन गरेको थियो र तालिममा उपस्थित सहभागीहरुलाई अनुदानमा कम्पोष्ट विन, ग्रो व्याग, कौशीमा खेती हुने बीउहरु, जैविक मल समेत उपलब्ध गराएको छ । जसले शहरी क्षेत्रका वासिन्दालाई कौसी तरकारी खेती गर्न उत्प्रेरित गर्नुका साथै शहरको सौन्दर्य बढाउन समेत मद्दत गर्नेछ । घरबाट निस्कने फोहोर व्यवस्थापनमा समेत सघाउन यस कार्यक्रमले सहयोग पुगेको छ ।

“कौसी तरकारी खेतीबाट स्थानीय क्षेत्रका वासिन्दा आर्कषित भएको र हाल कौसी तरकारी खेती प्रविधि निकै लोकप्रिय भएको जसले गर्दा शहरका अधिकांश घरबाट कुहिने फोहोरबाट कम्पोष्ट मल बनाएर तरकारी खेतीमा सदुपयोग गरेकोेले फोहोर व्यवस्थापनमा समेत सहजता देखिएको र कुहिने अधिकाँश फोहोर घरमा नै व्यवस्थापन हुने गरेको छ ।” असल छिमेकी नेपालद्वारा कामनपा १६ मा सञ्चालिन पोषण तथा उत्थानशिल जिविकोकोपार्जन परियोजनाका संयोजक जगतराज भाटले बताउनु भयो । कौसी खेतीबाट घरमा वर्षभरीनै ताजा तरकारी सेवन गर्न पाइने साथै वालवालिका र परिवारका अन्य सदस्यहरुको लागी पनि ताजा विषादी रहित तरकारीको नियमित सेवनबाट रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ , साथै कौशी तरकारी खेतीबाट समयको सदुपयोग हुनुको साथै आर्थिक उर्पाजन पनि हुने गरेको छ ।
समाप्त