समाचार

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

रुकुम (पूर्व)। रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम९पूर्व०का अनुसार गत वर्ष ६३३ दशमलव ७५ […]

व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

उदयपुर। जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् । जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई गाउँपालिकाको रौता, आपटार, त्रियुगा नगरपालिकाको साउने, खाँबु तथा उदयपुरगढी गाउँपालिकाको भलयाडाँडा र डुम्रेजस्ता पहाडी क्षेत्रमा अहिले व्यावसायिकरुपले बेसार खेती विस्तार हुँदै गएको हो । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको […]

रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाली

गलेश्वर। म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन […]

भूमिगत सिँचाइ प्रणाली उद्घाटन

चितवन। पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेको हो । रु. तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले […]

‘युवाका लागि बाख्रा गाउँ अभियान’ले ल्याएको समृद्धि

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडाका रुक्मागत ढकालले बाख्रापालनबाट वार्षिक रु. नौ लाख बढी आम्दानी गर्दै आएका छन् । बजारमा खसी तथा बोकाको माग उच्च रहेको र बजारको माग धान्न नसकेको बुझेपछि आफूले पनि बाख्रापालन गर्ने निधोमा पुगेको उनले बताउछन् । खसी तथा बोका मासुका लागि र पाठीहरु बीउका लागि बिक्री हुने गरेको छ । “खसी […]

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी। गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताउनुभयो । गत […]

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

गुल्मी। गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा बढी आम्दानी […]

आसामभित्रको नेपाल : हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुख्र्यौली संस्कृति

झापा। साठी वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिए । “बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री जाडो हटाउन चाहिँ यो तामुल नचपाई हुँदैन,” भारतको आसाम प्रान्तको नेपाली भाषी बहुल उदालगुढीको नेपालपाडास्थित दाहाल निवासमा पुग्दा उनले सुनाए, “बर्मादेखि आसामसम्म सयौँ गाईगोठ पालेर गाखिर […]

कोभिड–१९ पछि आयुर्वेद उपचारतर्फ आकर्षण बढ्यो

चितवन। कोभिड–१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन् । सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्मरपञ्चकर्म सेवा दुई हजार सात सय […]

अझै लोकप्रिय छ पानीघट्ट

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् । कुटानी पिसानीका लागि गाउँमा विद्युत्बाट सञ्चालन हुने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न लैजाने […]