समाचार

जलवायु परिवर्तन : न वर्षा न हिमपात

मनाङ। यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा […]

भातको चाख छैन भात खाने डाँडामा

ढोरपाटन। करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा […]

दूध उत्पादक किसानलाई अनुदान

मध्यविन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु. पाँच अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई अनुदान दिन थालिएको हो । अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान […]

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव

गलेश्वर। विगत छ महिनादेखि वर्षा नहुँदा र हिमाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीको बेँसी क्षेत्रदेखि उच्च लेकाली क्षेत्रमा पालिएका पशुलाई चरनको अभाव भएको छ । लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् । वर्षा नहुँदा कृषकलाई […]

सिइओ गुरुङको पदभार

ललितपुर। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हानुभएको छ । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गर्नुभएको हो । सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले […]

उत्कृष्ट कृषक पुरस्कृत

रामपुर। कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो । रामपुरमा सञ्चालित कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । तरकारी बाली, फलफूल बाली, मसला बाली, […]

पर्वतबाट झण्डै ३० करोडको सुन्तला निर्यात

पर्वत। जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला […]

सुगन्धकोकिलाको उत्पादनमा गिरावट

तुलसीपुर। विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरि) को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि […]

विदेशको कमाइले स्वदेशमा उद्यमी

बेदबारी। मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ । विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उहाँले यस वर्ष मात्रै करिब रू. ५० लाख आम्दानीको लक्ष्य लिनुभएको छ […]

कर्णालीको रैथानेबाली संरक्षण

कर्णाली। कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विसं २०७४ फागुन ६ गते कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग […]