समाचार

जग्गा बन्धकीमा लिएर सामूहिक खेती

तनहुँ। म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ । संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका […]

तनहुँमा नमूना पशुपन्छी अस्पताल बनाइँदै

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने छन् । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । गण्डकी प्रदेश सरकारको कूल रु. दश करोडको लागतमा उक्त […]

आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना

ललितपुर। आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका […]

सूर्यमुखीको व्यावसायिक खेती

भरतपुर। चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ । चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताउनुभयो । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा […]

कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला

गण्डकी। पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ । वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा […]

समय अगाडि फूल्यो लालीगुराँस

गलेश्वर। चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ ।लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन । गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षासमेत नहुँदा हिउँदे खाद्यान्न उत्पादन घट्ने भयले किसान चिन्तित छन् । मौसममा आएको परिवर्तनले लालीगुराँस दुई महिना अगाडि नै […]

कल्भर्ट निर्माण नहुँदा कृषि उपज ढुवानी गर्न सास्ती

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित सीमावर्ती गाउँका बासिन्दाले स्थानीय नालामा कल्भर्ट निर्माण पूरा नहुँदा सास्ती खेप्दै आएका छन् । पुरैनी तालको पानी निकास हुने नालामा पाँच वर्षदेखि थालिइको कल्भर्ट निर्माण पूरा हुनसकेको छैन । कल्भर्ट निर्माणका लागि पिलर गाडेको धेरै वर्ष बिते पनि निर्माण हुन नसकेको स्थानीय खड्क चन्दले बताउनुभयो । “भुराकोट, खैरानी, बोर्डर र […]

प्रयोगविहीन बन्दै आयुवेर्दिक औषधालय

चौतारा।  उपचार प्रभावकारी हुने भए पनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेदिक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधिले मात्रै रोग निको हुन्छ भन्ने अल्पज्ञानले आयुर्वेदिक औषधिमा सर्बसाधारणको चासोमा नगएको हो । आयुर्वेदिक उपचारबाट पनि विभिन्न रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले मङ्गलबार आयोजना गरेको […]

स्वादका लागि चर्चित बागलुङको आलु

बलेवा, कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका […]

पर्वतमा हलगोरु पाल्ने प्रचलन हराउँदै

पर्वत।एक दशक अघिसम्म फलेवास नगरपालिका–५ का ढाकाराम सुवेदीको गोठमा हलगोरु हुन्थे । पूर्वकृषि प्राविधिक सुवेदीले २०७५ सालमा यान्त्रिक हलो किन्नुभयो । उहाँले त्यसपछि गोरु पाल्ने झनझट गर्नुभएन । कुस्माकै किसान विष्णु भुँवाजीले पनि यान्त्रिक हलोले जोतेर खेती गर्न थालेको नौ वर्ष भइसकेको छ । अचेल जिल्लाका झन्डै ७० प्रतिशत किसानले यान्त्रिक हलो मिनी ट्रिलर, पावर […]