समाचार

चार करोड लगानीमा पशुपालन

वालिङ। स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आउनुभएको छ । किराना पसल सञ्चालन गर्दै आउनुभएका उहाँ अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गर्नुभएको हो । उहाँले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थाल्नुभएको हो । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको […]

च्याउखेतीबाट मनग्य आम्दानी

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहनुभएको छ । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले […]

सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

बुद्धभूमि। कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आउनुभएको छ । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगाल्नुभएको हो । घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना–टपरी बनाउने तालिम दिएको थियो । “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप […]

शिक्षण पेसासँगै ‘ड्रागन फ्रुट’को खेती

अन्नपूर्ण। पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त हुनुहुन्छ । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उहाँ पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्नुहुन्छ । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गर्नुभएको छ । उहाँले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको हो । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको […]

पानी नपरेपछि किसान चिन्तित

रसुवा। दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ । समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो । सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् । “मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको […]

दुग्ध किसानलाई अनुदान

बागमती। बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन रु. ३० करोड बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ । मासिक एक हजार पाँच सय लिटर दूध सङ्कलन गर्ने र वार्षिक कम्तीमा २०० दिन दूधको […]

म्याग्दीबाट बीस करोडको सुन्तला बिक्री

म्याग्दी। म्याग्दी जिल्लाबाट यस वर्ष रु. २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो । “सरदर प्रतिकिलो रु. ६० का दरले […]

कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका – ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आउनु भएको छ । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गर्नुभएका उहाँले च्याउखेती गर्दै आउनु भएको हो । बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू. सात लाख लगानी गर्नुभएको छ […]

किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण

खोटाङ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्र्याक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर […]

अचार बिक्रीबाट आत्मनिर्भर बन्दै महिला

बुद्धभूमि। कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ का महिलाले सामूहिक अचार उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सात वर्ष अगाडि बुद्धवाटिका अचार उद्योग खोलेर जीविकोपार्जनमा लागेका यहाँका महिलाले मासिक रु. ५० हजारको कारोबार गर्दै आएका छन् । अधिकतम वार्षिक रु. १५ लाखसम्म आम्दानी गरेको उद्योगकी अध्यक्ष पवित्रा भट्टराईले बताउनुभयो । स्थानीयस्तरमै अचार उत्पादन गरी […]