समाचार

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

झापा। चिया निर्यातबाट बर्सेनि रु. तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । उहाँले […]

तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

तुलसीपुर। हुस्सुले धपक्कै ढाकिकरहेको थियो । तपतप शीतका थोपा खसिरहेका थिए । तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन । एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन् । कोही प्याजका बेर्नामा पानी हालिरहेका हुन्छन् भने कोही जमिन सम्ह्याइरहेका हुन्छन् । त्यहाँ २५ किसानको दैनिकी अहिले त्यसरी नै बितिरहेको छ […]

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

भरतपुर। कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उहाँले जानकारी दिनुभयो […]

कृषकलाई चैते धान लगाउन चटारो

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो भएको छ । कावासोती, गैँडाकोटा, देवचुली, मध्यविन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो । बर्खे धानको तुलनामा चैते […]

प्राङ्गारिक खेतीमा फर्कंदै किसान

महोत्तरी। खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो हुने निष्कर्षसाथ जिल्लाको उत्तरी क्षेत्रका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो बढाउन थालेका हुन् । बर्दिबास नगरपालिका–९ पशुपतिनगरका तरकारी उत्पादक किसान रामविनोद महतोले पाँच वर्षयता […]

बाँझो जमिनमा पशुपालन र खेती

डुम्रे। घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले काठमाडौँको पढाइ सकिनासाथ तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी गाउँ फर्किनुभयो । अधिकारीले जागिर गर्नु तथा अन्य व्यवसाय गर्नुभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै अहिले मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म प्राली सञ्चालन गरिरहनुभएको छ । उहाँले […]

रासायनिक मल उपलब्ध गराउन चिया उद्योगीको माग

झापा। नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र किसान यसमा आश्रित छन् । तर दुःखको कुरा के छ भने सरकारलाई चियाखेतीमा मल चाहिन्छ भन्ने थाहा छैन । विसं २०७७ देखि […]

तोरीको उत्पादन बढ्नेभएपछि किसान खुसी

कावासोती। पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा […]

किसानबाट उत्पादित वस्तुको उचित मूल्य लागू गर्न माग

ललितपुर। किसान सङ्घर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । सङ्घर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँको बाफलमा प्रदर्शन गरेको हो । समितिले वास्तविक किसानको पहिचान गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था लागू गर्नुपर्ने, किसानबाट उत्पादित वस्तुलाई बजारको सुनिश्चित गर्नुपर्ने, मल, बीउ बिजन उचित व्यवस्था गर्नुपर्ने, […]

किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक सङ्कट

मकवानपुर। बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्नुहुने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषयलगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सत्तापक्ष र प्रतिपक्ष गरी १७ सदस्यले आआफ्नो क्षेत्रको समस्या समाधानका लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो । […]