समाचार

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल

भजनी। कैलालीको टीकापुर नगरपालिका–९ वनगाउँका माधव चौधरीले पाँचवर्षदेखि तरकारी व्यवसाय गर्दै आउनुभएको छ । एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएका उहाँलाई तरकारी लगाउँदाको भन्दा बढी पीडा तरकारी बिक्री गर्न नसक्दा हुन्छ । बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने गरेको भए पनि मौसमी तरकारी बजारीकरणको अभाव बारीमै सड्ने गरेको उहाँ बताउनुहुन्छ । “अहिले काउलीको बजार मूल्य […]

सिन्धुलीमा जडीबुटी मासिँदै

कमलामाई। स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले सङ्कलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् । जडीबुटी सङ्कलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी […]

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

पर्वत। राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैं प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि […]

चामल उपभोग गर्ने उपभोक्ता बढे

ताप्लेजुङ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन् । बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म सडकको पहुँच पुगेको लगायतका कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन् । पछिल्लो केही महिनायता हरेक महिनामा एक सय ५० क्विन्टलको हाराहारीमा चामल बिक्री हुँदै आएको कम्पनीले जनाएको छ । यस्तै, चामलको मूल्य […]

‘पहिलाजस्तो माछा पाइन छाडे’

कञ्चनपुर। लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा धेरै वर्षदेखि माछा मार्ने काम गर्दै आउनुभएको छ । नदीमा पहिलेको जस्तो माछा पाइँदैनन् । दिनभरि नदीमा जाल खेलाउँदा थोरैमात्र माछा पर्ने गरेका छन् । नदीमा थोरै प्रजातिका माछामात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच–छ किलो माछा मार्न […]

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

चितवन। जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा खोप दिन लागिएको हो । सोमबारदेखि सुरु भएको खोप अभियान एक सातासम्म चल्नेछ । बाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि यो […]

चिस्यान केन्द्र : कतै निर्माणाधीन,कतै उपयोगविहीन

खोटाङ। किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन तथा भण्डारण गर्ने उद्देश्यले जिल्लाका तीन स्थानीय तहमा चार वर्षअघि शीतभण्डार स्थापना गर्ने पहल थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु र रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा शीतभण्डार केन्द्र स्थापना गर्ने गरी भवन निर्माणको काम सुरु गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपास्थित पञ्चदोबाटोमा निर्माण […]

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही

ताप्लेजुङ। अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि पूर्वी पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । तीन वर्षअघि प्रतिकिलो रू. ३५ का दरले मुस्किलले बिक्री गर्नुभएका ताप्लेजुङको खेवाङका नेत्र आचार्यले गत वर्ष प्रतिकेजी रू. एक सय २० मा बिक्री गर्नुभयो । यो वर्ष पनि त्यही मूल्यमा खरिद भइरहेकाले थप मूल्य बढ्नसक्ने किसानले अनुमान गरेका छन् । मूल्यमा […]

व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन सुरु

टीकापुर। कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् । उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका छ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर […]

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

रसुवा। उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् । उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्दथ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात […]