समाचार

पर्वतबाट झण्डै ३० करोडको सुन्तला निर्यात

पर्वत। जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला […]

सुगन्धकोकिलाको उत्पादनमा गिरावट

तुलसीपुर। विश्वमै लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरि) को उत्पादन यस वर्ष घटेको छ । हावाहुरीले फूल झारिदिएपछि दाङ तुलसीपुर उपमहानगरपालिपका–१९ छिल्लीकोटमा पाइने सुगन्धकोकिलाको उत्पादनमा गिरावट आएको हो । विगतका वर्षमा पाँच सय क्विन्टल सुगन्धकोकिला उत्पादन हुने गरेकोमा पछिल्लो दुई वर्षमा उत्पादन घटेको स्थानीयले बताएका छन् । विगतमा पाँच सय क्विन्टल उत्पादन हुने गरेको भए पनि […]

विदेशको कमाइले स्वदेशमा उद्यमी

बेदबारी। मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ । विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उहाँले यस वर्ष मात्रै करिब रू. ५० लाख आम्दानीको लक्ष्य लिनुभएको छ […]

कर्णालीको रैथानेबाली संरक्षण

कर्णाली। कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले शनिबार यस वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, २०७९’, मनाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विसं २०७४ फागुन ६ गते कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग […]

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

खोटाङ। जिल्लाका दुई स्थानीय तहका एक/एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो । चालु आर्थिक वर्ष पाथेका र फेदीका सातवटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र […]

माटोमा अम्लिय, नाइट्रोजन र प्राङ्गारिक पदार्थमा कमी

तुलसीपुर। तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीनभन्दा कम रहेको पाइएको छ । त्यस्तै नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा माटोमा कमी रहेको पाइएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । त्यस्तै माटोमा पोटासको मात्रा मध्यम रहेकाले सिफारिस गरेको मात्राका आधारमा मात्रै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जति सिफारिस गरिएको […]

बगर खेतीमा रमाउँदै कैलालीका किसान

अत्तरिया। कैलालीको धनगढी उपमहागनरपालिका–१० की प्रमिला बखरिया बगरखेतीमा व्यस्त हुनुहुन्छ । हिउँदे मौसममा उहाँको समय बगरमै बित्छ । “बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ”, उहाँले भन्नुभयो, “यसमा समयअनुसारको सबै तरकारी लगाउने गरेका छौँ ।” उहाँले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरबुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । हिउँदमा नदीको क्षेत्रफल […]

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

टीकापुर। कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो । ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन् । विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके विद्यार्थीमा कृषि […]

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप

त्रिशूली। नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई […]

तरकारीको ‘हब’ बन्दै बझाङको जुजी

बझाङ। दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिनुहुन्छ । बारीको रेखदेख उहाँको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उहाँ तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्नुहुन्छ । खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई/तीन वर्षमै तरकारी […]