समाचार

पर्यटकको रोजाइ बन्दै पटिहानी

भरतपुर। वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् । सौराहाजस्तै […]

पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ । निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिनुभयो । पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज […]

बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

कञ्चनपुर।  कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउनुहुन्थ्यो । हाल उहाँको दिनचर्या फेरिएको छ । पहिला जस्तो उहाँले नाचगान गर्नुहुन्न । परिवारको खर्च धान्न उहाँले कृषि मजदुरी गर्नु हुन्छ । “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उहाँले भन्नुभयो, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै हुन्थे, हाल […]

सामुदायिक वन समूह खोटो सङ्कलन गर्दै

घोराही। दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिँदैछ । वन समूहबाट यस वर्ष करिब रु. नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको छ । डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु. १२ र निकासी कर प्रतिकिलो रु. […]

गहुँ खेतीमा रगिन गरिँदै

टीकापुर। कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा रही तयारी हुँदै गरेको बालीमा विभिन्न बीउ उत्पादक सहकारीले टोली बनाएर बालीमा रगिन गरिरहेका छन् । कैलालीको जानकी गाउँपालिका–४ स्थित […]

तेस्रो दीक्षान्त गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ […]

किसानलाई कृषि मिटर

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो । विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलङ्गवासम्म धाउँदा समय, खर्च र हैरानी ब्यहोर्नुपर्ने अवस्था रहेकामा मिटर जडान गरिएपछि उक्त […]

मौरीमा आत्मनिर्भर बन्दै मालारानीका कृषक

गुल्मी। मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन […]

प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

तुलसीपुर।तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ […]

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापा।   मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो लिएर आउने गरेको […]