समाचार

भूमिहीनलाई दशैँसम्म लालपुर्जा : मन्त्री अर्याल

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका भूमिहीन परिवारलाई दशैंसम्म लालपूर्जा दिने बताउनुभएको छ । लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासीसँग आज भेटघाट गर्दै मन्त्री अर्यालले दशैँसम्म सबैलाई लालपुर्जा दिएर दशैँ खुशी साथ मनाउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । अव्यवस्थित जग्गाको समस्या समाधानका लागि जिल्ला प्रशासन […]

नपाकेका स्याउ नटिप्न सुझाव

खलङ्गा। जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो । कृषि प्राविधिकका अनुसार भदौ पहिलो सातापछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने र पहिचान गुम्ने कृषि ज्ञान केन्द्रका अधिकृत […]

कृषि ऋण ७ दिनभित्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

ललितपुर। नेपाल राष्ट्र बैैंकले कृषि क्षेत्रको कर्जामा बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएको छ । मौद्रिक नीतिमा भएको व्यवस्थाबमोजिम राष्ट्र बैंकले सोमबार सूचना निकालेर १५ लाख रुपैयाँसम्मको कृषि ऋण माग भएको ७ दिनभित्रै उपलब्ध गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यदि ऋण दिन नमिल्ने भएमा के […]

अव तरकारी र फलफुलमा तोकेभन्दा बढी विषादी प्रयोग गरे कारवाही

ललितपुर। नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीमा पहिलोपटक जिवनाशक विषादीको सीमा तोकिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दश प्रकारका फलफूल तथा तरकारीमा एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको हो । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले फलफूलमा स्याउ र केरा तरकारीमा करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा जीवनाशक विषादीको […]

कृषि उत्पादन बढाउन पकेट क्षेत्र घोषण

सुरुङ्गा। तरकारी, दूध तथा मासुजन्य उत्पादनमा नगरलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले कनकाई नगरपालिकाले नगरभित्र सात वटा पकेट क्षेत्र घोषणा गरेको छ । कृषि र पशुपालनका लागि एक करोड २० लाख रूपैयाँ बजेट विनियोजन गर्दै नगरपालिकाले तरकारी, माछा, च्याउ, मौरी, पशुपक्षी, धान र मकैको उत्पादन बढाउन वडावडामा छुट्टाछुट्टै पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकालाई विषादीरहित, […]

डिग्री पढेकी युवती गाईको मलमुत्र स्याहार्दै

कोहलपुर। डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बन्नु भएको छ । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले घरव्यवहार धान्छन् […]

बाघमारामा फस्टाउँदै लहरे तरकारी

पोखरा। चार दशक अघिसम्म बाघमाराको मास र पिडालु कास्कीमा मात्र नभई असापासका जिल्लामा पनि प्रख्यात थियो । छिटै पाक्ने, स्वादिलो यहाँको मास तथा पिंडालुको माग त्यो समयमा नै हुने गर्दथ्यो । ‘यहाँ उत्पादन हुने मासको दाल तथा पिंडालु किन्न त्यतिबेला टाढाटाढाबाट मानिस आउने गर्दथे,’ करीब ५० वर्षअघिको अनुभव सुनाउँदै ६५ वर्षीय देवीलाल आचार्यले भने । […]

पाइपलाइनबाट गोबरग्यास वितरण गरिदैं

चितवन। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो । कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ । त्यहाँ उत्पादित […]

स्याङ्जालाई कागती जोन बनाईने

ललितपुर। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लालाई कागती जोन बनाउने बताउनुभएको छ । शनिबार स्याङ्जाको वालिङ, १४ तमादीमा नमुना कृषि विकास (कागती) कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषिको माध्यमबाट नै मुलकको समृद्धि हुने भन्दै स्याङ्जा जिल्लालाई कागति जोन बनाउने बताउनुभएको हो । आज जुन कामको थालनी गरेका छौं, मन्त्री अर्यालले […]

विदेशबाट फर्किएर कुखुरापालन

भोजपुर। जिल्लामा पछिल्लो समय युवामा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण बनेका छन् भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करिब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् । शुरुमा बोइलर जातको […]