समाचार

स्टील क्यान, मासु पसल सुधार र च्यापकटर लिनको लागि अनुदान आव्हान

चरिकोट। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई विभिन्न शिर्षकमा अनुदान प्रदान गर्ने भएको छ । यसका लागि केन्द्रले दोस्रो पटक सूचना प्रकाशित गरि कृषि समूह, कृषि समिति, कृषि सहकारी र नीजि क्षेत्रलाई सहभागि हुन आव्हान गरेको हो । संचालन हुने कार्यक्रमहरु : […]

विदेशबाट फर्किएर मौरी पालन, मासिक लाखौं आम्दानी

म्याग्दी। झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थालेका म्याग्दीका एक किसान राम्रो आम्दानी गर्न सफल भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गरेका हुन् । स्वदेशमा केही काम पाइएन भन्दै विदेश […]

नक्कली धानको बीउ आयात गर्ने कम्पनीलाई कारवाही गर्न माग

ललितपुर। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा आज सिहंदरबारमा बसेको समितिको बैठकमा सदस्य छविलाल विश्वकर्माले ‘गरिमा’ जातको धानको बीउ भनी किसानलाई झुक्याएर बिक्री वितरण गर्ने कम्पनीलाई कानूनी कारवाही र किसानलाई […]

सिक्ने हैन घाँस उत्पादन सम्बन्धी प्रविधि

स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ । बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर बीउ उपचार · शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने । […]

गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति दिदैं सरकार

ललितपुर। गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताएका हुन् । गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति […]

खाने हैन किसान २ परियोजनामा जागिर

ललितपुर। अमेरिकी अन्र्तराष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक ईन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान , समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उदेश्यले ४ प्रदेशमा संचालन गर्न लागेको नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना का लागि कर्मचारी माग गरेको हो । थप सूचनाबाट : स्रोत  : कान्तिपुर दैनिक

काठमाडौं, भक्तपुर र ललितपुरका किसानलाई अनुदान लिने मौका

ललितपुर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ललितपुर,भक्तपुर र काठमाडौंका किसानलाई विभिन्न शिर्षकमा अनुदान दिने भएको छ । यसका लागि केन्द्रले कृषि सहकारी, उद्यमी कृषि समूहलाई अनुदान कार्यक्रममा समावेश हुन आव्हान गरेको छ । संचालन हुने कार्यक्रम : १. पशुपालक कृषकहरुलाई पशु आहारा […]

निशुल्क हिउँदे घाँसको विउ वितरण गर्दै भिमाद नगरपालिका

तनहुँ । भिमाद नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशु पालन गर्दै आएका किसानलाई हिउँदे घाँसको बिउ वितरण गर्ने भएको छ । यसका लागि पशुसेवा शाखा भिमादले नगरपालिका भित्रका किसानलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रदेश सरकारको ६७ करोड

हेटौंडा। कृषिको पकेट क्षेत्रको लागि प्रदेश –३ सरकारले चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेटक्षेत्र र ५६ वटा ब्लकलाई ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । घोषित […]

धानमा फौजी कीराको प्रकोप, ३२ प्रतिशत उत्पादन घट्ने

बाँके। जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि […]