ललितपुर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ललितपुर,भक्तपुर र काठमाडौंका किसानलाई विभिन्न शिर्षकमा अनुदान दिने भएको छ । यसका लागि केन्द्रले कृषि सहकारी, उद्यमी कृषि समूहलाई अनुदान कार्यक्रममा समावेश हुन आव्हान गरेको छ ।

संचालन हुने कार्यक्रम :
१. पशुपालक कृषकहरुलाई पशु आहारा साईलेज मा ५० प्रतिसत अनुदान
२.पशुपन्छीं गोठ / खोर मत्स्य पोखरी सुधारमा अनुदान
३. पशुपन्छीं नमुना फार्म विकास तथा विस्तार कार्यक्रममा अनुदान
४. व्यवसायीक गाई / भैंसी पालन प्रर्वद्धन गोठनिर्माणमा अनुदान
५. व्यावसायीक बाख्रापालन प्रर्वद्धन खोर निर्माणमा अनुदान
६. व्यावसायीक बंगुरपालन प्रर्वद्धन खोर निर्माणमा अनुदान
७. स्थानीय चल्लाका लागि मिनि ह्याचरी ८० प्रतिशतसम्म अनुदान