समाचार

किसानसँग लाखौं उठाएर फरार भयो एसोसियसन अफ एग्रिकल्चर नेपाल

भोजपुर। फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने भन्दै भोजपुरका १३ सय किसानसँग लाखौं रकम उठाएको एसोसियसन अफ एग्रिकल्चर नेपालले फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस्थाले कृषकसँग १९ लाख ८ हजार रूपैयाँभन्दा बढी रकम उठाएर संस्था नै सम्पर्कविहीन भएको हो । एग्रिकल्चरले कृषकलाई उन्नत जातका विरुवा र तरकारीको बीउबिजन सहयोग गर्ने […]

धुलो दूधको आयात प्रतिबन्ध कुनै हालतमा नहटाउने कृषि मन्त्रीको अडान

ललितपुर। सरकारले धुलो दूधको आयात प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा शुक्रवार निजी डेरी उद्योगीसँग भएको छलफलमा कृषिमन्त्री चक्रपाणि खनालले धुलो दूध आयात खुला गरिनु किसान र उपभोक्ताको हितमा नरहेको उल्लेख गर्दै आयातमा लगाइएको प्रतिबन्ध नहटाइने स्पष्ट पारे । बाहिर प्रचार गरिए जस्तो दूधको अभाव नभएको उल्लेख गर्दै उनले केही […]

नेपालमै भेटियो क्यान्सर लगाउने प्लास्टिकको चामल !भारतीय ब्रान्ड प्रयोग नगर्न आग्रह

ललितपुर। भारतीय जीराशक्ति, रिपुराज र सोनाशक्ति चामल प्लास्टिकको भएको पुष्टि भएको छ । वीरगञ्ज मा प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको […]

लोप हुँदैं पुराना पानीघट्ट, हराउँदैं स्थानीय स्वाद

रुकुमपूर्व। रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताए । रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए […]

अव रासायनिक मल विक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

ललितपुर। सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको यसअघिका बैठकमा कृषि […]

कृषकलाई चार तहमा वर्गीकरण गरिदैं

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर)का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले कृषि र पशुपालनलाई व्यावसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो । कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको […]

अव आलु खेती गर्नेलाई पनि अनुदान

दमौली। तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६÷७७ मा पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष […]

चिन्ता नलिनुहोस ! विपद् आए आफै साइरन बज्छ

बाँके। विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र वैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर)को आर्थिक सहयोगमा कोहलपुर र वैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो । […]

मेघगर्जनसहित वर्षाको सम्भावना

ललितपुर। बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको र बंगालको खाडी नजिकै बनेको न्यूनचापीय क्षेत्रको असरले बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविदले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा साविकको स्थानभन्दा केही उत्तरतर्फ सरेकाले देशैभर मनसुनी गतिविधि बढेको हो । […]

मुलुकभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर। साउन तेस्रो साता सम्म मुलुकभर ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुशार गतवर्षको तुलनामा यस वर्ष धान रोपाई तीन प्रतिशतले कम भएको छ । गत वर्ष यही अवधिमा ८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । सवै भन्दा धेरै सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९५.३३ […]