समाचार

धादिङका किसानलाई १५ लाख सम्म अनुदान लिने अवशर

धादिङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङले आर्थिक वर्ष ७६ / ७७ मा जिल्ला भित्र संचालन हुने विभिन्न कृषि तथा पशुपन्छीं अनुदानका कार्यक्रमा समावेश हुन आव्हान गरेको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित भएको ३० दिन भित्र आवेदन दिन सक्ने जनाएको छ । कार्यक्रममा कृषि सहकारी , समूह, उद्यमी , निजी क्षेत्र […]

लिने हैन ५० प्रतिशत अनुदानमा काउ म्याट

चितवन। रत्ननगर नगरपालिका पशुपन्छीं शाखाको चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रत्न नगर नगरपालिका भित्र रहेका पशुपालक कृषक, फर्म, समूह,सहकारीलाई विभिन्न कार्यक्रममा अनुदान प्रदान गर्ने भएको छ । यसका लागि सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ । संचालन गर्ने कार्यक्रमहरु : १. आधुनिक उपकरण […]

मागमा आधारित कृषि सामाग्रीमा ५० प्रतिशत अनुदान दिंदैं रत्ननगर नगरपालिका

चितवन। कृषि विकास शाखा रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रहि कृषि फर्म, कृषि सहकारी, जल उपभोक्ता समुहलाई अनुदान वितरण गर्ने भएको छ । संचालन हुने कार्यक्रमहरु : १. मागमा आधारित कृषि सामाग्री खरिद कार्यक्रम , ५० प्रतिशत अनुदानमा २. उपकरण सामाग्रीमा अनुदान कार्यक्रम , ५० प्रतिशत अनुदानमा ३. […]

साना सिंचाई र भकारो सुधारमा ५० प्रतिशत अनुदान दिंदैं इच्छाकामना गाउँपालिका

चितवन। इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई भकारो सुधार र साना सिंचाईमा ५० प्रतिशत अनुदान दिने भएको छ । २०७६ /०७ /०५ गते सूचना सार्वजनिक गरि गाउँपालिकाले कार्यक्रममा समावेश हुन इच्छुक कृषि समूह, कृषि सहकारी ,कृषि उद्यमी,निजी फर्म तथा उपभोक्ता समितिलाई आव्हान गरेको हो । थप जानकारीका लागि […]

एउटा फलफुलको बिरुवा हुर्काउनुस र १० रुपैया कमाउनुस

चितवन| चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताउनुभयो […]

तिहार नजिकिदा माटोका भाडां बनाएर भ्याईनभ्याई

तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याई भएको छ । एक बिहानैदेखि अबेर रातीसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा […]

ब्यबसायिक फूलखेती तर्फ आकर्षण बढ्दो

बेझाड । पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ । थापाले जग्गा भाडामा लिएर फूल खेती थाल्नुभएको हो । उहाँले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गर्नुभएको छ । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको […]

बाख्रा पाल्ने किसानलाई अव देखि प्रतिकिलो २५ अनुदान

भरतपुर। चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो । पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । किसानलाई कुन विधिबाट […]

मत्स्य विकास र पशुपालनमा २४ करोड बढी लगानी गर्दै प्रदेश ३ सरकार

हेटौंडा। प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा रु. २४ करोडभन्दा बढी लगानी गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह, सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ । कृषि, पशुपक्षी तथा […]

बाख्रा पालन कार्यक्रमको लागि अनुदान दिइने

धादिङ। नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ५ वटा बाख्रा पकेट क्षेत्र विस्तार गर्ने भएको छ । यसका लागि बाख्रा पालन गर्न इच्छुक कृषक, कृषक समुह, कृषि उद्यमी वा कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पर्क गर्न सक्नेछन् । संचालन हुने कार्यक्रमहरु : १. बाख्रापालक […]