चुन र नीलोतुथो घोलेर बनाइएको घोल होलाई बोर्डेक्स मिक्सचर वा वोर्डो मिश्रण भनिन्छ । बगैँचा, फलफूलका फार्महरूमा ढुसी जन्य जीवाणुहरू बाट बच्नका लागि बोर्डो मिश्रणको प्रयोग गरिन्छ । रोग लाग्नु अघि नै प्रयोग गरेको खण्डमा मात्र मिश्रण प्रभावाकारी हुन्छ ।

मुख्य प्रयोग :
यसको प्रयोग ढुसीु बाट हुने रोगहरुबाट बोटविरुवा बचाउन प्रयोग गरिन्छ । डढुवा (ब्लाईट), दादे (स्क्याब) र लाही किरा (एफिड्स) जस्ता रोग र किराहरूबाट बचाउन यसको प्रयोग गरिन्छ । यसलाई अर्गानिक कृषिमा प्रयोग गरिन्छ ।

बनाउने विधि :
१०० ग्राम चून र १०० ग्राम नीलोतुथो भिन्नै भिन्नै भाँडामा पिसिन्छ ।
सँगै १० लिटरको पानी पनि नापेर राखिन्छ ।
१% बोर्डेक्स मिक्स्चरका निम्ति एक किलो चुन, एक किलो निलोतुथो १०० लिटर पानीमा मिसाइने मात्रा हो ।
यसलाई बोटका जरा र काण्डमा प्रयोग गरिन्छ ।
०.५% को बोर्डेक्स मिक्स्चर भने पातहरुमा बढी प्रयोग गरिन्छ । मिक्स्चरको  pH  न्युट्रल नै हुनुपर्छ ।
बोर्डेक्स मिक्स्चर बनाइने क्रममा, तयार भएपछि पनि यो हल्का निलो रङको हुन्छ ।
चून र नीलोतुथो भिन्नभिन्न भाँडामा अलिकति पानीमा घोलिन्छ । यसलाई १० लिटर पानीमा मिसाई पुनस् घोलिन्छ । यो सिधै उमेर अनुसार १-१५ बोटलाई छर्न पुग्छ ।
स्प्रे ट्यांकीमा भर्नलाई मसिनो कपडाद्वारा छानिन्छ ।
यो विषादी ताजामा नै प्रयोग गरिन्छ ।
फलामको भाँडाहरुको प्रयोग गरिनुहुन्न ।
निलोतुथोलाई चुनको घोलमा मिसाइनुपर्छ नत्र यसको प्रभाव कम हुन्छ ।
बोर्डेक्स पेस्ट पनि उहीँ ने भएपनि यसमा पानीको मात्रा कम हुन्छ, १०० ग्राम कपर सल्फेट, २०० ग्राम चून र ३०० एमएल पानीले तयार पार्न सकिन्छ । बोटविरुवामा कुनै किसिमको चोट वा काटिएको भागमा पेष्टको प्रयोग गर्न सकिन्छ ।

स्रोत : एजेन्सी