समाचार

“एक वडा एक बाली कार्यक्रम” कार्यक्रम संचालन गर्दै खजुरा गाउँपालिका

बाँके। खजुरा गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत कार्यक्रम अन्र्तगत एक वडा एक बाली कार्यक्रम कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी १५ दिन भित्र कृषि फर्म, कृषि सहकारी, कृषि कम्पनी र कृषकलाई व्यवसायीक योजना र आवश्यक कागजात सहित कृषि विकास शाखामा पेश गर्न आव्हान गरेको छ । […]

उखु किसानद्वरा तेस्रो चरणको आन्दोलनको घोषणा

सर्लाही। सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् । उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणकाआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले माघ ८ गते भित्र उखु मिलहरुबाट पाउनु पर्ने र अनुदान रकम भुक्तान गराउने सहमति गरेकोमा सो अनुसार गराउन नसकेकाले आफुहरु […]

गाउँपालिकाले बजेट रकमान्तर गरेपछि किसान आक्रोशित

झिमरुक। गौमुखी गाउँपालिकाले बजेट रकमान्तर गरेपछि किसान आन्दोलित बनेका छन् । आर्थिक वर्षको कृषि क्षेत्रलाई छुट्याएको बजेट केही समय अगाडि फेरबदल गरी अन्य क्षेत्रमा रकमान्तर गरेको भन्दै ध्यानाकर्षण भएको किसानले बताएका छन् । नेपाल व्यावसायिक बाख्रापालन सङ्घ गौमुखीका अध्यक्ष पदम केसीको अधयक्षता बसेको बैठकले विभिन्न निर्णयसमेत गरेको छ । रकमान्तर गरेको बजेट कृषि क्षेत्रमा नै […]

सुनपछि भाउ बढ्ने पालो लसुनको

ललितपुर। चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल आयात हुने चिनियाँ लसुनको मूल्य एक महिनामै १३० प्रतिशतले बढेको छ । कालीमाटी फलफुल तथा बजार विकास समितिको एक महिने तुलानात्मक थोक मूल्य सूचीका अनुसार मित्र राष्ट्र चीनबाट आयात हुने लसुनको मूल्य पुस १७ गते २१५ रुपैयाँ प्रतिकेजी रहेकोमा माघ १९ गते १३०.२३ प्रतिशतले मूल्य बढेर […]

कृषि तथा पशुपन्छीं श्रोत तथा प्रविधि सेवा कार्यक्रम संचालन गर्दै प्रदेश ५ सरकार

रुपन्देही। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि तथा पशुपन्छीं श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम संचालन गर्ने भएको छ यसका लागि निर्देशनालयले सुचना प्रकाशन गरी ३० दिन भित्र तोकिए बमोजिमको ढाँचामा रितपुर्वक प्रस्ताव पेश गर्न निजी उद्यमी, सहकारी […]

पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकै खेती

झापा। मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन संघको नेतृत्वमा मकैखेती गरिएको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण […]

तरकारी खेतीमा रमाउँदै युवा

रुकुमपूर्व। रुकुमपूर्वका युवा पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन्। जिल्लाको सिस्ने गाउँपालिका–५ का टाकुरा, ह्याप्ला, दुधिल्लागैरा वडा नं ६ का पाखागाउँ, दाङ्चा, ढकालबारा, लुस्पालगायतका विभिन्न ठाउँमा तरकारी खेती गरेर युवाले मनग्य आम्दानी लिइराखेछन्। सिस्ने गाउँपालिका–५ का प्रकाश बिसी र विमल बिसीले बेमौसमी तरकारी खेतीबाट आम्दानी लिएको जानकारी दिए। उनीहरु सहोदर दाजुभाइ छन्। उनीहरुले […]

चितवनमा ब्रोइलर कुखुराको मासु अभाव

चितवन। पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको छ । भारतीय कुखुरा भित्रिएको भन्दै ह्याचरी व्यवसायीले केही दिन अगाडी  चल्ला नष्ट गरेपछि नेपाल पोल्ट्री सप्लायस कल्याणकारी संघले विरोध स्वरुप मासुको कृतिम अभाव सृजना गरेका हुन् । नेपाल पोल्ट्री सप्लायस कल्याणकारी संघले कुखुरा सप्लाई गर्न बन्द गरेको संघका सल्लाहाकार रामश्रवण सिंखडाले जानकारी […]

सुन्तला तथा कागती खेती अनुदान कार्यक्रम संचालन गर्दै कृषि ज्ञान केन्द्र भोजपुर

भोजपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ ले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत व्लक तथा पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र ईच्छुक कृषि सहकारी, कृषि समुह, उद्यमी,कृषि फार्म, जल उपभोक्ता समितिलाई प्रस्ताव […]

गुलाफ आयातमा कमी

ललितपुर। विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ। बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो। गत वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख रुपैयाँ मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको […]