समाचार

कागती एवं सुन्तला मिसन कार्यक्रम संचालन हुँदैं

प्युठान। कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्युठान जिल्लामा कागती एवं सुन्तला अभियानमुखी कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने ईच्छुक कृषक, कृषि फार्म, कम्पनी, कृषि समूह, कृषि सहकारीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र […]

अव राजमार्गमै पाइन्छ कर्णालीमा उत्पादित कृषि वस्तु

तिलागुफा। कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो । कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, […]

कफी नर्सरी तथा बगैँचा व्यवस्थापन सम्बन्धी आवासीय तालीम शुरु

गुल्मी। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ उक्त तालीमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताउनुभयो । सातदिने आवासीय तालीमको उद्घाटन गर्दै प्रदेश ५ का […]

कागती खेती गर्ने हो ? ५० प्रतिशत अनुदानको लागि आवबेदन दिनुहोस

मोरङ। केरबारी गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानमा आधारीत कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि कृषि शाखाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि फार्म, कृषि सहकारी एवं पकेट संचालक समितिलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न आव्हान गरेको छ । माग गर्न […]

भारतले नेपाली अलैँची किन्न छाड्यो, मूल्यमा भारी गिरावट

संखुवासभा । कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ। भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए। भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन ९१०० किग्रां० […]

स्याउ हेर्न जुम्ला हैन अव रुकुमका किसान आफ्नै बारीमा

रुकुमपूर्व। पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा रू. ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यावसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले बताएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको […]

चल्लासहित ट्रक नियन्त्रणमा

लहान। प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका–४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई […]

अमेरिका छोडेर गाईपालन, गोठमै आउँछन् दूध किन्ने ग्राहक

बाग्लुङ। सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् […]

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ। वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक- एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिनुभयो । “अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती […]

लिने हैन निशुल्क ६५ दिने बाख्रा पालन तालीम

अर्घाखाँची। प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् प्रदेश नं ५ कार्यलयबाट विभिन्न विषयमा छोटो अवधिको सीपमुलक तालीम संचालन हुन गैरहेकोले तालीममा सहभागी हुन इच्छुक विपन्न व्यक्ति, सुविधा विहिन, पिछडिएका लोपोन्मुख अतिसिमान्तकृत, सिमान्तकृत, जनजाती, महिला, एकल महिला, मधेशी, दलित, अपाङ्ग एवं बैदेशिक रोजगारबाट फर्केकाहरुले आवश्यक कागजात सहित सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । संचालन हुने […]