समाचार

पशु बीमा बढ्दा, घट्यो कृषि बीमा

ललितपुर। सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषि बीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा कार्यक्रम अन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा नै […]

विभिन्न कृषि व्यवसायीकरणका लागि अनुदान दिंदैं कृषि ज्ञान केन्द्र

बाँके । भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न बालीका लागि नयाँ व्लक तथा पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी १५ दिन भित्र ईच्छुक कृषक समुह, कृषि सहकारी, कृषि उद्यमी, […]

७५ प्रतिशत अनुदानमा बाख्रा तथा कुखुराको खोर निर्माण गर्ने हैन त ? आवेदन दिनुहोस

उदयपुर। प्रदेश नं १ को त्रियुगा नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत पशु उत्पादन (बाख्रा पालन, कुखुरा पालन एवं अण्डा उत्पादन ) कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले सूचना प्रकाशित गरी ईच्छुक फार्म, कृषक समुह, कृषि सहकारीलाई १५ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेकोछ । माग […]

इन्दुशंकर चिनी मिलद्वारा किसानलाई एक महिनामा ५० करोड भुक्तानी

सर्लाही। हरिवनस्थित इन्दुशंकर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। गत पुस ११ देखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रूपैयाँ भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए। पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो। जिल्लाकै उद्योगले यो सिजनमा हालसम्म […]

अव उत्पादित बस्तु विक्रि गर्दा थप अनुदान

बुटवल। प्रदेश ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शिक्षित किसान उत्पादन गर्ने गरी नयाँ योजना सर्वाजनिक गरेको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको योजना अनुसार कृषि तथा पशु विषय अध्ययान गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदान स्वरुपम १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । जुन पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय अन्र्तगत हो । […]

उन्नत जातको मकैको बीउ खरिदमा भ्रष्टाचार

ललितपुर। किसानलाई दिने मकैको बीउ खरिदमा भ्रष्टाचार गर्ने राष्ट्रिय बीउ बिजन कम्पनीका ८ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । ११८.४६ मेट्रिकटन (१ लाख ८४ हजार ४ सय ६० किलो) बीउ खरिद गरेको भन्दै झुठ्ठा कागजपत्र बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरुलाई मुद्धा दायर गरेको हो । अख्तियारले राष्ट्रिय […]

कोदोको ढिँडो र लोकल कुखुराको झोल पर्यटकको रोजाई

बलेवा। सदरमुकाम बागलुङ बजारबाट चार घण्टा सवारीको यात्रामा बरेङ गाउँपालिकाको केन्द्र सुदाला र त्यहाँबाट डेढ घण्टाको पैदल यात्रामा सुन्दर एवं पर्यटकीय गाउँ सिग्दी पुग्न सकिन्छ । समुद्री सतहबाट एक हजार ७०० देखि एक हजार ९०० मिटरको उचाइमामा अवस्थित मगर समुदायको बसोबास रहेको सिग्दी बागलुङको घरबास पर्यटनका लागि नाम कमाएको गाउँ हो । धान फल्ने खेत […]

लिने हैन निशुल्क बेमौसमी तरकारी तथा च्याउ खेती तालिम

बाँके। नेपाल कृषि अनुसन्धान परिषद् क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत व्यवसायीक तरकारी खेती तथा च्याउ उत्पादन प्रविधि आवासीय तालिम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी प्रदेश नं ५ भित्रका उद्यमी कृषक, तथा वेरोजगार युवाहरुलाई सूचना प्रकाशित भएको मितिले १५ […]

कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाबाट : मुख्यमन्त्री पोखरेल

राँझा। प्रदेश न ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालमा कृषि क्रान्तिको नेतृत्व बाँके–बर्दियाले लिनुपर्ने बताउनुभएको छ । बाँकेको खजुरा गाउँपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि सङ्कायअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन निर्माणको शिलान्यास तथा बिएससी एजीको कक्षा उद्घाटन समारोहमा उहाँले भेरी–बबई डाइभर्सन र सिक्टा सिँचाइ आयोजना केही समयमै सम्पन्न हुन गएकाले सिँचाइको उपयोगबाट बाँके […]

असिनाले हिउँदेबालीमा नोक्सानी

डोटी। जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारीलगायतका बालीमा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप भएको जानकारी दिए । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति […]