समाचार

तीन सय ८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो

रसुवा। क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो । समय समयमा पानी नपर्दा कोदो खेतीसमेत बिग्रने […]

अब चिया बगान हेर्न इलाम जानु पर्दैन

गलकोट। पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुकरटिकटकमा दृश्य सार्वजनिक […]

मासिक तलब खर्चेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका ५२३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको नगर उपप्रमुख राईले बताए । नगर उपप्रमुख राईले […]

गाउँमा बत्ती बल्यो, महिला खुसी

मुगु। सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बत्ती बलेपछि त्यहाँका बासिन्दामा खुसी भएका छन् । बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी बढी खुसी देखिएका छन् । बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजङ्गलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोज घटेकाले उनीहरूमा खुसी छाएको हो […]

खाद्यान्नमा आत्मनिर्भर नहुँदा बाहिरबाट आयात गर्नुपर्ने अवस्था

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन । जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्याङ्क देखिएको छ । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । जिल्लामा मुख्यगरी धान, […]

बाँकेमा लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप

नेपालगञ्ज। बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय, डुडुवा गाउँपालिकामा पाँच सय, जानकी गाउँपालिकामा नौ सय र बैजनाथ गाउँपालिकामा सात सय गरी पाँच हजार […]

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

महोत्तरी। मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । बर्खायाम सुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्नेरनपर्ने पिरोलो बढ्छ । पानी नपर्दा खेती नहुने, खानेपानीको हाहाकार पर्ने, पानी बढी पर्दा घरखेत बाढीको कटान र डुवानमा […]

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान

चितवन। चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारबाट […]

कोदो दिवस २०८० मनाइयो

धुलिखेल। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन महिला कृषक समूह र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको संयुक्त आयोजना तथा मण्डनदेउपुर नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र केयर नेपालको सहकार्यमा सोमबार तेस्रो ‘कोदो दिवस […]

किसानलाई दुई बोरा मल ल्याउन दिन अर्थ समितिको निर्देशन

ललितपुर। अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउने अर्थमन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ । साथै सो जानकारी समितिलाई दिने समेत समितिले निर्देशन दिएको छ । रासायनिक मलको माग तथा आपूर्ति व्यवस्थापन बारे अर्थ समितिमा गत असार २१ गते र हिजो छलफल भएको थियो । “किसानको […]