समाचार

लकडाउनको मारमा किसान, खेती गर्ने जग्गाको भाडा तिर्न समस्या

सर्लाही। जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेका एक दम्पतीले जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । हरिवन नगरपालिका–४ सासापुर तीनघरेका रामकुमार भुजेल र सम्झना भुजेलले पाँच बिघा जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । ती जग्गाको वार्षिक रु. तीन लाख भाडा तिर्ने गरी सम्झौता भएको छ । तर उत्पादन गरेको तरकारीले बजार नपाउँदा उनीहरु […]

कोरोनाले जगाएको माटोप्रतिको माया, नमूना बन्दै कुइरेडाँडा

पोखरा। विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि नमूना बस्ती बन्दै कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान शुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर कृषि कर्मप्रति आकर्षित भएका बेला कास्की कुइरेडाँडाका स्थानीयवासीमा पनि त्यही भावना जागृत भएको छ […]

कोरोना भाइरस, खस्कदो अर्थतन्त्र र अबको कृषि

वर्तमान अवस्थामा मानवजतिको अस्तित्वमाथी नै चुनौती खडा गर्दै अदृश्य भाइरसले सारा बिश्वलाइ नै आक्रान्त पारिरहेको छ भने उत्पादन र अर्थतन्त्रलाई डामाडोल  बनिरहेको छ । सन् २०१९ डिसेम्बरमा चिनको वुहान सहरबाट सुरु भएको कोभिड-१९ कोरोना भाइरस हालसम्म २१५ देशमा फैलिसकेको र करिब ६० लाख मानिस यसबाट सङ्क्रमित भएका छ्न भने तीन लाख पचास हजार भन्दा बढी […]

कोरोना संगैं अर्को विपत्ति खेप्दै किसान

गौशाला। कोरोना महामारीकै बीच महोत्तरीका किसान एकपछि अर्को विपत्ति खेपिरहेका छन् । लकडाउनले आफ्ना उत्पादन बजार पुर्याउन नसकेर पिरोलिएका किसानलाई बालीमा रोगको प्रकोप र यसैबेला हावाहुरीको विपत्ति खेप्नु परेको छ । पछिल्लोपटक सोमबार साँझको हावाहुरीले फलफूल सोत्तर पारेको छ । कैयौँ रोगब्याधबाट बचाइएको आँप, लिचीसहितका फल हावाहुरीले बग्रेल्ती झारेपछि मन अड्याउने ठाउँ नपाइएको यहाँका किसान […]

बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, उत्पादनमुलक क्षेत्रमा विशेष जोड

हेटौंडा। बागमती प्रदेशले कोभिड—१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्दै बैंकहरुबाट न्यून व्याजदरमा ऋण उपलब्ध गराइने बताए । यसका साथै प्रदेश सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकिकरण र औद्योगीकरण […]

बाँझो जमिनमा खेती गरे प्रति रोपनी २ हजार

पर्वत। पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई प्रति रोपनी २ हजार अनुदान दिने घोषणा गरेको छ। युवाहरुमा खेति गर्ने वानीको विकास गर्न र बाँझो जमिनमा खेति उत्पादन गरी आत्मनिर्भर बन्न नगरपालिकाले यस्तो योजना ल्याएको हो। उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका […]

व्यावसायिक पशुपालनका लागि सहयोग गर्दै गाउँपालिका

नवलपरासी। नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ । गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको सम्भावना बोकेको क्षेत्र भएकाले कृषकलाई यसतर्फ आकर्षित गर्न पाडी सहयोग गरिएको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले […]

कृषिमा रमाउँदैं जनप्रतिनिधि

बलेवा। बागलुङको काठेखोला गाउँपालिकाका वडाअध्यक्षहरु कृषि पेशामा जोडिएका छन् । पछिल्लो समय उहाँहरु समाजसेवा गर्दै व्यावसायिक कृषि तथा नगदेबाली लगाउन सम्लग्न हुनुभएको हो । सदरमुकामको बसाइँ छोडेर गाउँ फर्केका कृषि कार्ममा लागेका हुन् । स्थानीय तहको निर्वाचनका समयमा सो गाउँपालिकाका वडामा उम्मेदवार बनेका अधिकांश सदरमुकाममा बस्थे । निर्वाचनमा विभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई […]

अमेरिकन फौजी कीराले हैरान हुनुहुन्छ, ५० प्रतिशत अनुदानमा लिनुहोस स्प्रेयर

सिन्धुपाल्चोक। हाल अधिकांश क्षेत्रका किसान फौजी कीराको प्रकोपले आका्रन्त छन् । यसैलाई मध्याजर गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई कार्यालय सिन्धुपाल्चोकले ५० प्रतिशत अनुदानमा बिषादी छर्ने स्प्रेयर मेशिन उपलब्ध गराउने भएको छ । यसका लागि सूचना प्रकाशित मितिले १ हप्ता भित्र कार्यालयमा कृषि समुह, कृषि सहकारीलाई आग्रह गरिएको छ । आवश्यक कागजातहरु : […]

प्रदेश ५ को नीति तथा कार्यक्रम : कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

बुटवल । प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले निम्त्याएको असरलाई पुनरुत्थान गर्ने गरी प्रदेश सरकारले कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण बजेटको स्वरुप नै परिवर्तन […]