समाचार

प्राविधिक सीप सिकेर शुरु गरेको व्यवसायले बिर्साइदियो इराकको कमाइ

गलेश्वर। वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उहाँले सोच्नुभयो, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र रु” त्यसपछि उहाँ आफ्नै […]

व्यवसायीक बाख्रा पालन गर्ने हो ? प्रस्तावना पेश गर्नुहोस

सुनसरी। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले आर्थिक वर्ष ७७ / ७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत कृषि व्यवसया प्रर्वद्धन अनुदान कार्यविधि २०७६ बमोजिम साझेदारीमा विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले १५ दिन […]

मल कारखाना स्थापनाको काम अघि बढाउ- संसदीय समिति

ललितपुर। संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । किसानहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हो । जीविकोपाजर्नको आधार […]

धानको उत्पादन वृद्धि गर्न SRI पद्धतिलाई परिस्कृत गर्ने कि ?

देशमा भएका विभिन्न राजनितिक परिवर्तन सँगै देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकोे समस्त कृषि क्षेत्रको बिकास नै देश बिकासको मुख्य आधार हो, भन्ने कुरालाई मनन गर्दै कृषि क्षेत्रमा उत्साहजनक कार्यक्रमहरु नआएका होईनन् तर कृषि क्षेत्रले सोचेजस्तो छलाङ मार्न भने सकेन । नेपालमा खेती गरिने विभिन्न खाद्यबाली ,तरकारी ,नगदेबाली लागाएत सम्पुर्ण कृषि जन्य उपजको उत्पादन अन्य देशको […]

अब नेपालमै अलैँची प्रशोधन गरिने

झापा। नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ ।अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ […]

माछा पालन गर्ने हो ? प्रस्ताव पेश गर्नुहोस

बुटवल। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई भैरहवा रुपन्देहीले आर्थिक वर्ष ७७ /७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि परियोजना कार्यन्यवन ईकाई रुपन्देहीले सूचिकृत भएका कृषक समुह, कृषि सहकारी, संस्था, जल उपभोक्ता समिति एवं उद्यमीलाई आवश्यक कागजतात सहित सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आवेदन […]

एउटै गाउँमा सात करोडको तरकारी उत्पादन

दुल्लू । दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती शुरु गर्नुभएका जाहरकोटका किसान चन्द्रबहादुर थापाले तरकारी खेतीबाटै वार्षिक रु १० लाखभन्दा बढी आम्दानी […]

स्थानीय बीउ संरक्षणमा कृषकको दायित्व

नेपाल कृषि प्रधान देश हो र नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भन्ने कुरामा दुई मत छैन | हाल कोरोनाको महामारीले विश्व नै महामारीको चपेटामा छ | नेपालको सन्दर्भमा करिव ४ महिना लकडाउन गरेता पनि कोरोनको प्रकोप भने घटेको देखिदैन र यो लेख लेख्दा सम्म काठमाडौं उपत्यका लगायत देशका आधा भन्दा बढी जिल्लाहरुमा स्थानीय प्रशासनले गरेको […]

जिल्ला बाहिर दूध बिक्री हुँदा उत्साहित किसान

दैलेख। चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको छ । यसअघि सके खाने नभए घ्यू उत्पादन गर्ने गरेका विकले अब सोझै दूध बेच्न थालेका छन् । सोही ठाउँ बस्ने तुलाराम कँडेलले पनि दूधबाट आम्दानी गर्न थालेका छन् । यसअघि घरमै खाएर सकिने दूध अब बजार जान थालेको छ । घरमा उत्पादन भएको दूध […]

कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

धादिङ। मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन गरेका छन् । बन्दाबन्दीको समयमा पनि बोइलर कुखुरा पालेर आम्दानी लिँदै आउनुभएका लेकबहादुर विदेश जान नपाएपछि परिवारसँगै पौरख गर्न थाल्नु भएको हो । “पहिला […]