समाचार

कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन -पशु सेवा विभाग

ललितपुर। पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको हो । केही केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र […]

जुम्लाको प्याजले भाउ पाएन

कर्णाली। बिगतका वर्षमा लाखौँको प्याज आयात गर्ने जुम्लाले यसपालि राम्रै उत्पादन गरेको छ । तरकारी उत्पादन केन्द्रका रुपमा चिनिँदै आएको चन्दननाथ नगरपालिका–१ तलिचौरले यस वर्ष प्याज मात्रै १०० मेट्रिक टन उत्पादन गरेको छ । तलिचौर गाउँका ७० घरधुरीका किसानले २० हेक्टर जमिनमा प्याज खेती गरे । प्रतिघरधुरीले करिब १० देखि १५ क्विन्टल प्याज फलाए । […]

किवि खेती प्रविधि

व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका […]

भाडाको जग्गामा व्यावसायिक तरकारी खेती

गलकोट। म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैँडा निवासी सरु बस्नेत आठ वर्षदेखि बागलुङमा छिन् । परिवारसहित बागलुङ आएका बस्नेतले व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेको पनि आठ वर्ष नै भयो । एउटी महिला, म्याग्दीदेखि बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, सरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए । घर छाडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट […]

व्यवसायिक माछापालन कसरी गर्ने ?

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो। माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ। माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन गरिन्छ।व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन्। नेपालमा मत्स्यपालन प्राकृतिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ। नेपालमा […]

जलवायु परिवर्तनमा कृषि-वनको भूमिका

जलवायु परिवर्तन आजको विश्वको एक ज्वलन्त मुद्दा हो। जलवायु परिवर्तन प्राकृतिक प्रक्रिया हो तर पछिल्ला बर्षहरुमा बर्षाको स्थितिमा फेरबदल, तापमानमा भिन्नता, समुन्द्री सतहमा वृद्धि तथा अन्य फेरबदलले जलवायु परिवर्तनको प्रक्रिया चिन्ताको बिषय बन्न पुगेको छ। जलवायु परिवर्तनको गम्भीर असरहरु कृषि, वन तथा मत्स्यपालनमा समेत देखिन थालेको छ। तसर्थ, जलवायु परिवर्तनका असरहरुलाई कम गर्न विभिन्न प्रविधिको […]

भारतीय फूलको आयात रोक्न माग

ललितपुर। पुष्प व्यवसायीहरुले भारतीय फूल तथा फूलजन्य वस्तुको आयात रोक्न गर्न माग गरेका छन्। कोभिड–१९ महामारीका कारण नेपाली पुष्प व्यवसायमा परेको प्रभाव न्यूनीकरण गर्न तथा स्थानीय फूलको प्रवर्द्धन गर्न भारतबाट हुने फूलको आयात रोक्नुपर्ने व्यवसायीको माग छ। ‘‘कोरोना भाइरसको कारण नेपाली पुष्प व्यवसायमा परेको असरलाई हालको अवस्थामा स्थानीय पुष्प उत्पादन र उत्पादकलाई संरक्षण गर्न यस […]

सिताके च्याउ खेती

सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुमा जङगलमा पाईने च्याउ हो।नेपालिमा यसलाई कतै कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम 1981 मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो। विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। उत्पादनका हिसाबले चीन सिताके खेती गर्ने देशहरुमध्ये पहिलो नम्बरमा पर्दछ भने जापान, कोरिया, मलेसिया, ताईवान […]

फुजी स्याउ उत्पादनमा रमाउँदै जुम्लाका किसान

सुर्खेत। यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा […]

शिक्षण पेशा छाडेर कागती खेती

चितवन। पूर्बी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागति खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् । कालिका नगरपालिका वडा नम्बर ६ जमुनापुरका सिपि अधिकारीले निजी वोडिङ् र क्याम्पस पढाउन छाडेर पेशागत रुपमा कागति खेती गर्न सुरु गर्नुभएको हो । अधिकारीले आफ्नो एक बिगाह र भाडाको एक विगाह १० कठ्ठामा कागति खेती गर्नु भएको हो […]