समाचार

किसानको माग अनुसार गहुँको बीउ छैन

मकवानपुर। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको माग अनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई माग अनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिए । कार्यालयका अनुसार चालु आव ०७७/०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको […]

कृषि मन्त्रालयको सचिवमा कार्की नियुक्त

ललितपुर। डा. योगेन्द्रकुमार कार्की नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा नियुक्त भएका छन् । मन्त्रीपरिषद्को आज बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले अन्य दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिव गोकर्ण दवाडी र इन्जिनियर सुरेश चालिसेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

माछा पोखरी निर्माणमा ५० प्रतिशत अनुदान दिंदैं गाउँपालिका

पर्वत। पैयूँ गाउँपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष ७७ /७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले एक सूचना प्रकाशित गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषि समूह, पशुपन्छीं फार्म, कृषि सहकारी एवं संस्थालाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा निवेदन […]

पूर्वाधार विकास कार्यक्रम : सडक र कृषिलाई प्राथमिकता

गण्डकी । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा सडक र कृषिलाई प्राथमिकता दिँदै विकास योजनाका कार्यक्रम सार्वजनिक गरिएको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापा र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका उपसभामुखसमेत रहेकी सिर्जना शर्माले मङ्गलबार एक कार्यक्रमका बीच विकास योजनाका […]

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

ललितपुर। पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको […]

डिएपी पाइयो, युरिया अझै अभाव

सिरहा। डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको […]

अनुदानमा च्याउको बीउ

सप्तरी। पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक मानिने च्याउको खेतीतर्फ सप्तरीका कृषकको आकर्षण बढेको छ । कृषकको आकर्षण बढेपछि च्याउखेतीलाई प्रोत्साहन गर्न कञ्चनरुप नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा च्याउको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले इच्छुक कृषकलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण सुरु गरेको कृषि विकास शाखाका वेचन सढोक यादवले जानकारी दिए । नगरपालिकाको […]

उखु किसानले अझै पाएनन् भुक्तानी

सर्लाही। जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । काठमाडौँमा राष्ट्रपति, […]

कोरोना सङ्क्रमित मन्त्रीलाई काठमाडौं ल्याईयो

वागमती। वागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । कोरोना सङ्क्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा […]

विदेशबाट फर्किएका युवाको कृषि तथा वनजन्य उद्योगमा आकर्षण

परासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कृषि तथा वनजन्य उद्योेगतर्फ आकर्षण बढ्दै गएको छ । विशेषगरी विदेशबाट फर्केका युवा र महिला व्यावसायिक कृषि उद्यमतर्फ लागेका हुन् । पछिल्लो समय जिल्लामा कृषि तथा वनजन्य उद्योग वृद्धि हुन थालेको घरेलु तथा साना उद्योग कार्यालयले बताएको छ । पछिल्लो पटक दर्ता भएका उद्योगहरु अधिकांश कृषि तथा वनजन्यसम्बन्धी नै […]